Jilla Ban Notis

पर्वत–नवलपरासी सम्पर्क समाजको प्रथम भेला सम्पन्न

माघ २४ गते बृहत जिल्ला भेला हुने

0 20

परासी, ३ माघ

पर्वत जिल्लाबाट बसाँईसराई गरी पश्चिम नवलपरासी जिल्लामा विभिन्न पेशा व्यवसायमा संलग्न भई बसोबास गर्दै आएका पर्वतवासीहरु संगठित भएका छन् । आपसी एकता, सद्भावन र सहयोग गर्ने उद्देश्यले पर्वतबाट बसाँइ सरी पश्चिम नवलपरासीमा बसोबास गर्दै आएकाहरुको शनिबार सुनवल नगरपालिका–५ वनकट्टीमा प्रथम भेला सम्पन्न भएको छ ।

भेलाले आगामी माघ २४ गते बृहत जिल्ला भेला गरी पर्वत–नवलपरासी सम्पर्क समाज गठन गर्ने निर्णय गरेको छ । भेलाले टंक बहादुर आरसीको संयोजकत्वमा २१ सदस्यीय जिल्ला भेला आयोजक समिति गठन गरेको हो । यसैगरी पालिकास्तरमा संयोजनका लागि पनि जिम्मेवारी दिईएको छ ।

जसअनुसार सुस्ता गाउँपालिकाका लागि अर्जुन पौडेल, प्रतापपुर गाउँपालिकाका लागि शिव शर्मा, बर्दघाट नगरपालिकाका लागि मेघराज अधिकारी, सरावल गाउँपालिकाका लागि भरत क्षेत्री पौडेल, सुनवल नगरपालिकाका लागि गणेश पौडेल, रामग्राम नगरपालिकाका लागि जीवन पौडेल र पाल्हीनन्दन गाउँपालिकाका लागि हरि तिवारीलाई संयोजन गर्ने जिम्मेवारी दिईएको छ ।

जिल्ला भेलामा मञ्च व्यवस्थापनका लागि लक्ष्मण तिवारीको संयोजकत्वमा पाँच सदस्यीय समिति र आर्थिक तथा सांस्कृतिक व्यवस्थापनका लागि भरत क्षेत्री पौडेलको संयोजकत्वमा सात सदस्यीय समिति गठन गरिएको छ । पर्वतबाट पश्चिम नवलपरासीमा बसाँइ सरी विभिन्न पालिकामा बस्दै आउनुभएकाहरुलाइ आगामी माघ २४ गते सुनवलको शहिद विष्णु पाण्डे प्रतिष्ठानमा हुने जिल्ला भेलामा सहभागि हुन समाजले आग्रह गरेको छ ।

Leave A Reply

Your email address will not be published.