Jilla Ban Notis

सूर्यज्योती युवा क्लव बर्दघाट–२, चिसापानीको रजत महोत्षवको सम्पूर्ण तयारी पुरा

0 59

कृष्ण ढकाल
बर्दघाट,पुष–२४
सूर्यज्योती युवा क्लव बर्दघाट–२, चिसापानीले आफ्नो रजत महोत्षवको सम्पूर्ण तयारी पुरा भएको जनाएको छ । यहि पौष २५ गते देखि २७ गते सम्म विभिन्न कार्यक्रमहरु गरेर आफ्नो २५ औं वार्षिक साधारण सभा अर्थात रजत जयन्ती मनाउन लागिएको क्लवका अध्यक्ष राम भण्डारीले बताउनु भएको छ ।

बर्दघाट क्षेत्रमा नै फरक पहिचान भएको सूर्यज्योती युवा क्लवले रजत जयन्ती मनाउने क्रममा ब्याटमिन्टन,क्रिकेट र फूटबल प्रतियोगिता गराएको छ भने विभिन्न जात जातीको पहिचान झल्कने खाल्का झांकीहरु समेत प्रर्दशन गर्ने तयारी गरेको क्लवका सचिव टेक बहादुर बुढाथोकीले बताउनु भएको छ ।

 

त्यसैगरी क्लवको वार्षीक साधारण सभाकै अवसरमा क्लवको भवन समुद्घाटन् गर्ने कार्यक्रम समेत तय गरीएको छ । रजत महोत्षव कार्यक्रम सम्पादनका लागि क्लवले पदाद्यिकारीहरुलाई कामको जिम्मेवारी दिएर सम्पादनका सम्पूर्ण कार्यहरु पुरा गरेको सचिव बुढाथोकीले बताउनु भएको छ ।

क्लवले पौष २५ गते शनिवार विभिन्न जात जातीको पहिचान झल्कने झांकी प्रदर्शन पश्चात बर्दघाट नगर प्रमुख धिरज शर्मा बस्यालवाट भवन समुदघाटन गर्ने कार्यक्रम तय गरेको छ भने सोमवार २६ गते वार्षीक साधारण सभा र २७ गते विविध कार्यक्रम सहित रजतमहोत्षवको समापन गर्ने कार्यक्रम तय गरीएको क्लवका अध्यक्ष राम भण्डारीले बताउनु भएको छ ।

Leave A Reply

Your email address will not be published.