sunwal

लुम्बिनी प्रदेशको वास योजना सम्पन्न गर्न खानेपानी उपभोक्ता महासंघसंग सहकार्य गरिने

32

परासी, १८ पुस
लुम्बिनी प्रदेश सरकारले निर्माण गरिरहेको खानेपानी, सरफाई तथा स्वच्छता(वास) योजना सम्पन्न गर्न खानेपानी तथा सरसफाई उपभोक्ता महासंघसँग सहकार्य गर्ने भएको छ । प्रदेश भौतिक पूर्वाधार विकास मन्त्रालयले बुटवलमा गरेको वास योजना तयारी सम्बन्धमा प्रदेश खानेपानी तथा सरसफाइ उपभोक्ता महासंघसँगको अन्र्तक्रिया तथा गोष्ठी कार्यक्रममा सहकार्य गरेर वास योजना सम्पन्न गर्ने निर्णय गरिएको हो ।

प्रदेश सरकारले गत आवदेखि वास योजना निर्माण थालेको हो । यसै आवमा सम्पन्न गर्ने लक्ष्य रहेको मन्त्रालयले जनाएको छ । कार्यक्रममा प्रमुख अतिथिको रुपमा बोल्दै भौतिक पूर्वाधार विकासमन्त्री वैजनाथ चौधरीले वास योजना बनेपछि पहुँचको आधारमा नभई आवश्यकताको आधारमा योजना छनौट हुने बताउनुभयो । उहाँले समुदाय स्तरमा सञ्चालित खानेपानी आयोजनाको दीगोपनाका लागि उपभोक्ता समितिको विकल्प नरहेको उल्लेख गर्नुभयो ।

मन्त्रालयका सचिव शुसिल चन्द्र तिवारीको अध्यक्षतामा भएको उक्त कार्यक्रममा सचिव तिवारीले वैज्ञानिक र आधुनिकीकरणको माध्यमबाट नागरिकलाई सुलभ र सहज रुपमा खानेपानीको पहुँच पु¥याउन प्रदेश सरकारले वास योजना बनाएर अघि बढ्न लागेको बताउनुभयो । खानेपानी तथा सरसफाई उपभोक्ता महासंघका राष्ट्रिय अध्यक्ष राजेन्द्र अर्यालले जीवनसँग जोडिएको खानेपानी सबैको पहुँचमा हुनुपर्नेमा जोड दिनुभयो ।

उहांले खानेपानी आयोजनालाई विद्युत महशुसमा सहुलियत दिनुपर्ने, दर्ता नविकरण सहज गराउनुपर्ने माग गर्नुभयो । महासंघका प्रदेश संयोजक थानप्रसाद गैरेले महासंघ र मन्त्रालयबीच सहकार्य हुन सके खानेपानीको विस्तार र पहुँचलाई सर्वसुलभ बनाउन सहज हुने बताउनुभयो । कार्यक्रममा मन्त्रालयका खानेपानी तथा सरसफाई महाशाखा प्रमुख धु्रब धितालले संविधानले मौलिक हकको रुपमा सुनिश्चत गरेको खानेपानीको अधिकारलाई घरघरमा पु¥याउन सरकार लागिरहेको बताउनुभयो ।

वास योजना निर्माणले खानेपानीको हालको अवस्था र आगामी दिनमा गर्नुपर्ने कार्यहरुको बारेमा स्पष्ट दिशाबोध गर्ने उहाँले बताउनुभयो । कार्यक्रममा लुम्बिनी प्रदेशका विभिन्न जिल्लाका अध्यक्षहरुले खानेपानी आयोजना सञ्चालनमा भोग्नुपरेका समस्याहरुको बारेमा ध्यानाकर्षण गराउनुभएको कार्यक्रममा सहभागि खानेपानी तथा सरसफाई उपभोक्ता महासंघ पश्चिम नवलपरासीका अध्यक्ष राजकुमार श्रेष्ठले जानकारी दिनुभयो ।

यसैबीच खानेपानी तथा सरसफाई उपभोक्ता महासंघ लुम्बिनी प्रदेशको बैठक पनि सम्पन्न भएको छ । प्रदेश संयोजक थानप्रसाद गैरेको अध्यक्षता तथा राष्ट्रिय अध्यक्ष अर्यालको प्रमुख आतिथ्यमा भएको बैठकले वास योजना सम्पन्न गर्न सवै जिल्लाले सहयोग गर्ने तथा महासंघको फागुन भित्र स्थानीय तह र जिल्ला अधिवेशन गरिसक्ने निर्णय भएको प्रदेश संयोजक गैरेले बताउनुभयो ।