Jilla Ban Notis

संसद बिघटन असम्बैधानिक र अलोकतान्त्रिकः पूर्व मन्त्री भुसाल

राष्ट्रपतिले संविधानको रक्षा गर्नु पर्नेमा संविधान मिच्ने र सिद्धाउने बाटोमा ः पूर्व सभामुख घर्ती

0 29

गौरीशंकर जयसवाल

परासी, १३ पुस
नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का स्थायी समिती सदस्य एवं पुर्व कृषि मन्त्रि घनश्याम भुसालले प्रधानमन्त्री केपी शर्मा ओलीले प्रतिनिधिसभा विघटन गरेर असंविधान एवं अलोकतान्त्रिक कदम चालेको बताएका छन ।

आज नेपाल कम्युनिष्ट पार्टी (नेकपा) पश्चिम नवलपरासीको पाल्हीनन्दन गाउँपालिकामा प्रचण्ड–माधव समूहको जिल्ला भेलालाई सम्बोधन गदै नेता भुषालले जुन कारण देखाएर प्रतिनिधिसभा विघटन गरिएको हो त्यो ब्यवस्था संविधानमा नै नभएको बताएका हुन ।
उनले प्रधानमन्त्रि ओलीले चालेको कदम रहस्यमय रहेको समेत बताए । संसद विघटनको विषय अहिले अदालतमा विचाराधिन रहेको बताउदै सर्वोच्च अदाललतले जनताको हितमा फैसला गर्नेमा आफु विस्वस्त रहेको समेत बताउदै नेता भुसालले सर्वोच्च अदालतसंग कुनै पनि विमती नरहेको उनको भनाई थियो ।

प्रधानमन्त्री ओलीले चालेको कदम असबैधांनिक र अलोकतान्त्रीक भएको भन्दै कुनै पनि हालतमा संसद पुनरस्थापना गरेरै छाड्ने भुसालले दाबी गरे । राजाले खोसेको अधिकार त फिर्ता गरिएकोमा हामी नेपालीहरुले अहिले रैतिले खोसेको अधिकार खोसेर फिर्ता लिईने उनले बताए ।

अहिलेको सरकारको कदमले लोकतन्त्र माथीनै गम्भिर आघात पु¥याएको भन्दै प्रतिनिधि सभाको पुनस्र्थापनाको मांग अब कम्युनिष्टहरुको मात्र नभएर सवै नागरिकको विषय भएको तर्क छ ।

प्रतिनिधि सभा पुनस्र्थापना हुन नसके लोकतान्त्र विरोधी शक्ति हावी हुने र त्यसले देशलाई ठुलो क्षति हुने उनले बताए । तोकिएको समयमा चुनाव नहुने बताउँदै संसद पुनस्र्थापनाको विकल्प नरहेको उनको तर्क गदै संसद पुनस्र्थापना गर्ने कार्यमा नेपाली कांग्रेस पनि संग संगै रहने उनले बताए । लोकतन्त्र माथी पटक पटक आक्रमण हुँदा राष्ट्रवादी शक्तिह? एक भएर लाग्नुपर्ने भुषालले जोड दिएका थिए

पूर्वमन्त्री समेत रहेका भुसालले प्रतिनिधि सभा पुनस्र्थापना हुन नसके लोकतन्त्र विरोधी शक्ति हावी हुने र देश भयंकर दुर्घटनामा जाने बताए ।

प्रधानमन्त्री केपी शर्मा ओलीले प्रतिनिधिसभा विघटन गरेर संविधान च्यात्ने कामको सुरुवात भएको बताए । प्रचण्ड माधव समुहका नेता भुषालले जुन कारण देखाएर प्रतिनिधिसभा विघटन गरिएको हो त्यो बास्तविकता नभएर रहस्यमयी भएको उनको भनाई छ ।

यस्तै

भेलालाई सम्बोधन गदै पूर्व सभामुख ओनसरी घर्तीले राष्ट्रपतिले संविधानको रक्षा गर्नु पर्नेमा संविधान मिच्ने र सिद्धाउने बाटोमा हिडेको भन्दै राष्ट्रपतिको समेत विरोध गरेकी थिईन । संसद विधटन गर्नु पर्ने कुनै कारण नभएको अवस्थामा प्रधानमन्त्रि ओलीले संसद विघटन गरेको र पुर्व सरकारको कदमले जनतालाई निराश बनाएको बताउदै समस्या समाधानका अनेक बाटाहरु हुदाहुदै प्रधानमन्त्रिले संसद विघटन गरेको नेता भर्तीको भनाई थियो ।
माधव प्रचण्ड समूहको सदस्य सख्याको बहुमत भएकोले आधिकारी पार्टी यही समूह भएकोले निर्वाचन अयोगले पनि अधिकारिता दिने बिश्वास व्यक्त गदै भनिन सूर्य चिन्ह हाम्रो समूहले पाउने दाबी गरेकी दिईन ।

जिल्ला भेला पुर्व माओवादीको तर्फबाट नेकपाका जिल्ला अध्यक्ष बनेका भविश्वर तिवारी आजादको अध्यक्षतामा भएको अगुवा कार्यकर्ता भेलामा बृहस्पति अधिकारी,पुन्य पौडेल,पूर्व स्थानिय बिकास बिकास राज्यमन्त्री घनश्याम यादव, सबिधान सभासदस्य सिता बौडेलले लगायतले सम्बोधन गरेका थिए ।
भेलामा प्रचण्ड माधव नेपाल समूहका नेता कार्यकर्ताहरुको उपस्थित उल्लेखनीय रहेको थियो ।

Leave A Reply

Your email address will not be published.