Jilla Ban Notis

नेकपा नवलपरासीमा को कता ? (प्रचण्ड–नेपाल समुह र ओली समुह)

0 28

कृष्ण ढकाल
बर्दघाट,पुष–८
नेपाल कम्युनिष्ट पार्टी (नेकपा)का अध्यक्ष एवं प्रधानमन्त्री केपी ओली समूहमा नवलपरासी बहुमतमा रहेको र प्रचण्ड–नेपाल समुह अल्पमतमा रहेको संकेत देखिएको छ ।
जिल्लाका नेतृत्वदायि एवं नेकपामा प्रभावशाली मानिएका नेताहरु मध्ये अधिकांश नेताहरु ओली समुहमा रहेको संकेत पाईएको छ ।
जिल्लाका सात स्थानिय तह र प्रदेशमा रहेका जनप्रतिनिधिहरु देखि संविद्यान सभा सदस्य एवं पूर्व मन्त्री सम्मका नेतृत्वहरुको आकलन गर्दा ओली समुहको बहुमत रहेको संकेत पाईएको हो ।

त्यसैगरी पार्टीको जिल्ला नेतृत्व र भातृनेतृत्वमा समेत खासै अन्तर पाईएको छैन् । तर नेतृत्वभन्दा तल्लो तहमा जांदा कुनसमुहको बहुमत छ भन्ने वारेमा भने अझै कुनै संकेत देखिएको छैन ।
अहिले सम्मको आवस्थामा हेर्दा ओली समुहमा बर्दघाट नगरपालिकाका नगर प्रमुख धिरज शर्मा बस्याल,उप प्रमुख माया पौडेल,सुनवल नगरपालिकाका नगर उप प्रमुख दधिराम अर्याल,सुस्ता गांउपालिकाका अध्यक्ष राम प्रसाद पाण्डे र उपाध्यक्ष्ँ ईन्द्र कुमारी थरुनी ओली समुहमा रहेको बुझिएको छ भने पाल्हिनन्दन गाउंपालिकाका अध्यक्ष दिपक गुप्ता प्रचण्ड–नेपाल समुहमा रहेको बुझिएको छ ।

त्यस्तै लुम्बिनी प्रदेश सरकारका भौतिक विकास मन्त्री एवं सरकारका प्रवक्ता बैजनाथ चौधरी र प्रदेश सभा सदस्य दिपेन्द्र अधिकारी , भगवती भण्डारी, राष्ट्रिय सभा सदस्य राम लखन हरिजन ओली समुहमा रहेका छन भने संविद्यान सभा सदस्य सिन्दु जलेसा पनि ओली समुहमा नै रहेको बुझिएको छ ।

नेकपाको जिल्ला नेतृत्वमा रहेका तुलसी पासी,विमला अर्याल,सरीता खनाल,बद्री खनाल,थान प्रसाद ग्रैरे र विरेन्द्र यादव ओली समुहमाा रहेकाो बुझिएको छ । युवासंघका केन्द्रिय वरिष्ठ उपाध्यक्ष किरण पौडेल,रमेश पौडेल,जिल्ला संयोजक युवराज डुम्रे र अनेरास्ववियूका जिल्ला अध्यक्ष शुसान्त शर्मा समेत ओली समुहमा रहेका छन् ।

नेकपाका प्रदेश सदस्य वृहस्पति अधिकारीले भने ओली समुहवाट आफ्नो नाम कटाएको बुझिएको छ ।
प्रचण्ड–नेपाल समुहमा संविद्यान सभा सदस्य सिता वौडेल,दुलारी हरिजन र पूर्व राज्य मन्त्री घनश्याम यादव लगाएत नेकपाका जिल्ला अध्यक्ष भविश्वर तिवारी आजात,युवासंघका केन्द्रिय सदस्य प्रकाश भट्टराई,रामु पाण्डे,केयरसिंह कुवंर र जिल्ला सह–संयोजक दिपक राना रहेको बताईएको छ ।
अनेरास्ववियूतर्फ भने केन्द्रिय सदस्य अमित खड्का र जिल्ला सह संयोजक विशाल गिरी प्रचण्ड–नेपाल समुहमा रहेको बुझिएको छ ।

Leave A Reply

Your email address will not be published.