Sarawal notish

नेपाली काङ्ग्रेस सरावल गाउँपालिका कार्यसमितिद्धारा शुभकामना आदान प्रदान कार्यक्रम सम्पन्न् ।

169

उमेश बि.क
सरावल ,२ मंसिर
नेपाली काङ्ग्रेस सरावल गाउँपालिका कार्यसमितिको ओयोजनामा शुभकामना आदान–प्रदान तथा कार्यकर्ता भेटघाट कार्यक्रम सम्पन्न भएको छ । कार्यसमिति सभापति बिनोद कुमार पाण्डेयको अध्यक्षता तथा नेपाली काङ्ग्रेस केन्द्रीय सदस्य एवं प्रतिनिधिसभा सदस्य देबेन्द्रराज कण्डेलको प्रमुख आतिथ्यतामा शुभकामना आदानप्रदान तथा कार्यकर्ता भेटघाट कार्यक्रम सम्पन्न भएको हो।

कार्यक्रममा सम्बोधन गर्दै नेपाली काङ्ग्रेसका केन्द्रीय सदस्य एवम प्रतिनिधिसभा सदस्य कण्डेलले नेपाली काङ्ग्रेसको बिचार र सिदान्तलाई अङ्गालेर काङ्ग्रेस प्रवेश गरेका नेता कार्यकर्तालाई काङ्ग्रेसले सधै सम्मान गर्ने अवसरहरुलाई समान रुपमा वितरण गर्ने नया पुरानो नभनी भेदभाब नगरिने बताउनु भयो।
त्यसैगरी सरावल गाउँपालिका वडा नं। ५ देखि ७ सम्म र पाल्हिनन्दन १ र केही वडामा डुबान समस्या रहेको हुनाले त्यसका लागि पहल गर्ने समेत बताउनु भयो । उहांले अहिले सम्मका परिवर्तनहरुमा काँग्रेसको नेतृत्वदायी भूमिका रहेको बताउँदै अब पनि विकास र समृद्धिको नेतृत्व समेत काँग्रेसले नै गर्ने दावि गर्नु भयो ।

कार्यक्रममा केन्द्रीय शिक्षा विभाग सदस्य राधेश्याम पाठक,लुम्बिनी प्रदेशसभा सदस्य बैजनाथ जैसवाल,महासमिति सदस्य राधेश्याम चौधरी,महासमिति सदस्य अनिल कुमार गौड , नेपाली काङ्ग्रेस महाधिवेशन प्रतिनिधि उत्तमा राय,जिल्ला समन्वय समिति प्रमुख शिवशंकर राय ,रामग्राम नगर उपप्रमुख रम्भा कुवर,क्षेत्रीय उपाध्यक्ष चन्द्र कुमार गुप्ता ,वडा नं।७ सभापति संजय मिश्रा,दिपक क्षेत्री ,पुर्व महाधिवेशन प्रतिनिधि झिन्कु चौधरी लगाएतका वक्ताहरुले समृद्ध नेपाल निर्माण गर्न नेपाली काङ्ग्रेस बाहेक अर्को विकल्प नभएको बताएका थिए ।