Holi asnjal makar GURU

रामग्राम महिला जेसीजद्धारा शुभकामना आदान प्रदान तथा सम्मान कार्यक्रम सम्पन्न्

50

गौरीशंकर जयसवाल

परासी, २८ कात्तिक
रामग्राम महिला जेसीज परासीले आज एक कार्यक्रमको आयोजना गरी दिपवली तथा छ्ठ पर्वको शुभकामना आदान प्रदान एवं साम्मान कार्यक्रम सम्पन्न गरेको छ । रामग्राम महिला जेसीज परासी बर्ष २०२० की अध्यक्ष रजनी ढकालको अध्यक्षता र महिला नेतृ एवं रामग्राम महिला जेसीजकी पूर्व अध्यक्ष लक्ष्मी क्षेत्रीको प्रमुख आतिथ्यतामा सो कार्यक्रम सम्पन्न् भएको थियो ।

शुभकामना आदान प्रदान एवं साम्मान कार्यक्रममा बोल्दै प्रमुख अतिथी क्षेत्रीले तिहार र छठ पर्व सबैको उत्षाहको पर्व भएकाले सबैले शिन्ती पूर्वक मनाउन र कोरोनाको परास्थ गर्न सबै सचेत रहन आग्रह गर्नु भएको थियो । उहांले पर्वहरुका अवसरमा सबैमा सुख,शान्ति,समृद्धि तथा उत्तरोत्तर प्रगतिको कामना समेत गर्नु भएको थियो । कोरोना महामारीका बीच पनि महिला जेसीजले आफ्ना गतिविधि अघि बढाएको भन्दै प्रशंसा समेत गर्नु भएको थियो । क्षेत्रीले कोरोनालाई सामान्य नलिन र सावधानी अपनाउन पर्नेमा जोड दिदै महिला जेसीजले गरेको कायर्ले सामाजको परीर्वतनका लागि अहमभूमिक खेल्ने समेत बताउनु भयो ।

आज भएको सो कार्यक्रममा रामग्राम महिला जेसीजले परासी क्षेत्रमा अटोरिक्सा चलाउंदै आएका दुई जना महिला उद्यमीलाई सम्मान समेत गरेको छ । सम्मानीत हुनेमा रामग्राम–३ की नारायणी गड्तौला र रामग्राम–१ की भवानी खरेल रहनु भएको छ । अटोरिक्सा चलाएर साहसिक महिलाको रुपमा चिनिनुभएका दुवै जना महिलाहरुलाई थप हौसलाको लागि सम्मान गरिएको रामग्राम महिला जेसीजकी अध्यक्ष रजनी ढकालले बताउनु भयो ।

कार्यक्रममा अवसरमा उपभोक्ता हित संरक्षण मञ्चका केन्द्रिय सदस्य रामजी ज्ञवाली, रामग्राम महिला जेसीजका पूर्व अध्यक्ष रिंगला यादव, प्रविता श्रेष्ठ, रामग्राम जेसीजका पूर्व अध्यक्ष पुरुषोत्तम ढकाल, मुक्ति पौडेल, रामग्राम जेसीजका महासचिव चन्द्रमणि चौधरी, दौतरी एफ.एम तथा पत्रिकाका परासी प्रमुख मोहन पौडेल, रामग्राम महिला जेसीजकी कार्यकारी उपाध्यक्ष सुमित्रा चौधरी, महासचिव अनिता तिवारी, कार्यक्रम संयोजक रमा आले लगायतले शुभकामना व्यक्त गरेका थिए ।