Jilla Ban Notis

नवलपरासीमा गतबर्ष भन्दा यसबर्ष ४० प्रतिशतले धान उत्पादनमा कमी ।

0 134

गौरीशंकर जयसवाल

परासी १८ कार्तिक
अन्नभण्डारको रुपमा चिनीने नवलपरासी जिल्लामा यस वर्ष धानको उत्पादनमा कमि आएको छ । समयमा मल नपाउने र वर्षाको पानी समयमा नपर्दा धान उत्पादनमा कामी आएको हो ।

धान पाक्ने बेलामा बेमौसमी रपमा पानी पर्नाले धानको उत्पादनमा कमी आएको किसानहरूले बताएका छन। त्यसैगरी धान पाक्ने बेलामा धानबालीमा किरा तथा पोकी जस्ता रोगलाग्दा यसबर्ष धान उत्पादनमा कामी आएको रामग्राम ६ का किसान राजु जैसवालले बताएका छन् ।

डेढ बिगाहमा गत बर्ष ३ ट्रली धान उत्पादन भएको तर यसबर्ष समय मल नपाउदँं र बेमौसमी पानीको कारणले गर्दा डेढ ट्रली मात्र धान उत्पादन भएको बताए । यसबर्ष धान उत्पादनमा ५० प्रतिशतले कामी आएको जैसावलको भनाई छ ।

यस्तै दुई बिगाहमा धान खेतीमा धान खेती गदै आएका रामग्राम ६का स्थानिय किसान जोगेन्द्र सहानीले गतबर्ष ४ ट्रली धान उत्पादन गरेको तर यसबर्ष समयमा मल नपाएको र धान पाक्ने बेला बालीमा किरा र बेमाषमी पानीले गर्दा दुई ट्रली मात्र धान उत्पादन भएको बताएका छन।

पन्ध्र काठ्ठमा धान खेती लागएका पाल्हीनन्दन गाउंपालिकाको वडानं ४ पाल्हीका पशुपति गुप्ताको पनि हालत उस्तै छ । उनले गतबर्ष ३० क्बीन्टल धान उत्पादन गरेको खेतमा यस बर्ष समयमा मल नपाएको र धान पाक्नेसमयमा धानको बालीमा किरा लाग्दा यस बर्ष १५ क्बीन्टल धान मात्र उत्पादन भएको बताए । पाल्हीन्नदन गाउंपालिकाको वडानं ६ सनईका सन्तकुमार सहानीको पनि हालत उस्तै छ ।

अहिल् नवलपरासी जिल्लामा २१ हजार एक सय ७७ हेक्टरमा धान खेती गरीएको कृषि ज्ञान केन्द्र पश्चिम नवलपरासीले जनाएको छ । गतबर्ष जिल्लामा ९० हजार तीन सय ५४ मेट्रीकटन धान उत्पादन भएको कृषि ज्ञान केन्द्र परासीका प्रमुख देबेशकुमार मिश्राले जानकारी दिए ।

यसबर्ष जिल्लामा ४० प्रतिशत धान उत्पादनमा कमी आउने अनुमान गरिएको मिश्राले बताए । उनका अनुसार समयमा मल बिउ किासनहरुले नपाउदां र बेमौसमी पानीका कारणले नवलपरासी जिल्लामा धान उत्पादनमा कमी आएको हो ।

त्यसैगरी नवलपरासी जिल्लामा बाढीको कारण सरावल गाउंपालिका, रामग्राम नगरपालिका ,पाल्हीनन्दन गाउंपालिकामा धान खेतीमा ठूलो क्षेती पुयाएको थियो। यसवर्ष जिल्लामा बिभिन्न हाईब्रिटजात धान खेती लागाईएको थियो ।

Leave A Reply

Your email address will not be published.