Jilla Ban Notis

बर्दघाट नगरपालिकाद्धारा निः शुल्क तरकारीको विऊ लगाएतका कृषि सामग्रीहरु वितरण ।

0 46

कृष्ण ढकाल
बर्दघाट,कार्तिक–५
बर्दघाट नगरपालिकाले नगरक्षेत्रका ब्यवसायिक किसानहरुका लागि निः शुल्क तरकारीको विऊ लगाएतका कृषि सामग्रीहरु वितरण गरेको छ । नगरले वडा नंम्वर १४ लाई तरकारी पकेट क्षेत्रका रुपमा विकास गर्ने योजना लिए अनुसार सो वडाका किसानहरुलाई निः शुल्क तरकारीको विऊ लगाएतका कृषि सामग्रीहरु वितरण गरीएको बर्दघाट नगरपालिकाकी उप–प्रमुख माया देवि पौडेलले बताउनु भएको छ ।
मंगलवार बर्दघाट नगरपालिकाको कृषि शाखाले बर्दघाट वडा नंं १४ मा एक कार्यक्रमको आयोजना गरी वडाका सात गाउंका सात ब्यवसायिक किसानहरुलाई निः शुल्क तरकारीको विऊ लगाएतका कृषि सामग्रीहरु वितरण गरिएको थियो । तरकारी पकेट क्षेत्रका रुपमा नगरपालिकाले अघिबढाएको सो वडामा विभिन्न किसिंमका ७ जातका तरकारिको बीउ, स्प्रेय टंकि २५ थान र हजारि ५० थान बितरण गरीएको जे.टि. खुमानन्द न्यौपानेले जानकारी गराएका छन् ।

विऊ वितरण कार्यक्रममा वडा नंं १४का वडाध्यक्ष केशव बहादुर खत्री क्षेत्रीको अध्यक्षता र बर्दघाट नगरपालिकाको कृषि शाखाका प्रमुख युवराज लम्साल,जे.टि. खुमानन्द न्यौपाने लगाएतको उपस्थिती रहेको थियो ।

Leave A Reply

Your email address will not be published.