Sarawal notish

प्रेस काउन्सीलद्धारा पत्रकार महासंघ  नवलपरासीलाई सञ्चार सामग्री हस्तान्तरण

165

परासी, २८ असोज

प्रेस काउन्सील नेपालले नेपाल पत्रकार महासंघ पश्चिम नवलपरासीलाई सञ्चार सामग्री हस्तान्तरण गरेको छ ।  महासंघले परासीमा आयोजना गरेको कार्यक्रममा महासंघकी उपाध्यक्ष मालती न्यौपानेलाई काउन्सीलका मुख्य अधिकृत झविन्द्र भुसालले सामग्री हस्तान्नरण गर्नुभएको हो ।

महासंघका लागि टेलिभिजन सेट एक थान, प्रेस ज्याकेट, काउन्सिलले प्रकाशन गरेका पुस्तकहरु लगायत हस्तान्तरण गरिएको हो । महासंघकी उपाध्यक्ष न्यौपानेको अध्यक्षता तथा काउन्सीलका अधिकृत भुसालको प्रमुख आतिथ्यमा भएको उक्त कार्यक्रममा महासंघका पूर्व जिल्ला सभापति द्धय केशव पराजुली, टिकाराम गैरे, सचिव राजकुमार रेश्मी, कोषाध्यक्ष रवि पाण्डे लगायतले बोल्नुभएको थियो ।

कार्यक्रममा महासंघका पूर्व सभापति पराजुलीले कोभिड १९ का कारण जिल्लामा पत्रपत्रिकाहरु बन्द अवस्थामा रहेको, रेडियोको जेनतेन चलिरहेको र कतिपय पत्रकार बेरोजगार हुन पुगेकोले काउन्सिलले आवश्यक पहल गर्नुपर्ने बताउनुभयो ।

काउन्सीलका अधिकृत भुसालले कोभिड प्रभावित पत्रकार र सञ्चारमाध्यमलाई राज्यले उचित राहतको प्याकेज ल्याउनुपर्ने बताउनुभयो । काउन्सिलले त्यसका लागि आवश्यक पहल गर्ने उहाँले बताउनुभयो ।     https://www.youtube.com/watch?v=8w5f67ottD8&t=3s