कृष्ण ढकाल
बर्दघाट,असोज–२०
आज प्रदेश नं. ५ को प्रदेशसभाबाट दुई तिहाई बहुमतलले प्रदेशको नाम लुम्बिनी र स्थायी राजधानी भालुवाङमा राख्ने प्रस्ताव पास गरेको छ ।
आज भएको मतदानमा स्थायी राजधानी भालुवाङ राख्ने प्रस्ताव माथि ६९ मत खस्यो भने विपक्षमा १३ मत खसेको थियो ।
त्यसैगरी आज नै प्रदेशको नाम लुम्बिनी राख्ने प्रस्तावमा भएको मतदानमा लुम्बिनी राख्ने पक्षमा ७९ मत परेको छ भने विपक्षमा ४ मत परेको थियो ।
यससअघि प्रदेश सरकारले १६ असोजमा प्रदेशसभामा प्रदेशको नाम लुम्बिनी र स्थायी राजधानी दाङको भालुवाङ बजारलाई केन्द्र मानेर राप्ती र गढवा गाउंपालिका यता अर्घाखांचीको शीतगंगा नगरपालिकालाई जाडेर स्थायी राजधानी बनाउने प्रस्ताव १६ असोजमा प्रदेशसभामा पेश गरेको थियो ।
यता प्रमुख विपक्षी दल नेपाली कांग्रेसले स्थायी राजधानी भालुवाङ राख्ने प्रस्ताव माथि विरोध गर्दै विपक्षमा मतदान गर्न ह्विीप जारी गरेपनि प्रदेश सभाका नेपाली कांग्रेसका १९ सांसद मध्ये विपक्षमा १३ मत मात्र खसेको छ ।
तर प्रदेशसभामा सत्तारुढ नेपाल कम्युनिस्ट पार्टी (नेकपा)का ६१ ,जनता समाजवादी पार्टीका ६ र राष्ट्रिय जनमोर्चाका एक सांसद मात्र रहेपनि स्थायी राजधानी भालुवाङ राख्ने प्रस्ताव माथि भएको विरोधको अर्थहिन परिणाम आएको छ ।
आज देखी प्रदेश नं. ५ को नाम र स्थायी राजधानी टुंगो पनि लाग्यो भने प्रदेश सभाको अधिवेशन पनि अन्त्य भएको छ ।