Sarawal sit lahar Notis

मुख्यमन्त्री शंकर पोखरेलको गाडीमा ढुंगा प्रहार ।

0 18

बुटवल , १८ असोज
प्रदेश ५ का मुख्यमन्त्री शंकर पोखरेलको गाडीमा ढुंगा प्रहार भएको छ । आइतबार साँझ काठमाडौंबाट बुटवल आउदै गरेका मुख्यमन्त्री पोखरेलको गाडीमाथि राजमार्ग चौराहमा ढुङ्गा प्रहार भएको हो।मुख्यमन्त्रीका अगाडि र पछाडि स्कटीङ्गका ३ वटा गाडी थिए । गाडीमा ढुंगा प्रहारपछि मुख्यमन्त्रीसहित गाडीहरु फर्काएर प्रहरी तालिम केन्द्र रामनगर लगिएको छ । ढुंगा हानेको आरोपमा प्रहरीले मुक्तिराम पौडेल, छाया पोखरेल, मुक्ति पौडेल, कमला अधिकारी र बिष्णु पोखरेललाई पक्राउ गरेको बताईएको छ ।

गाडी तोडफोड भएपछि प्रहरीले हवाई फायरिङ गरेको थियो । अज्ञात समूहले आक्रमण गरेर गाडीको सिसा फुटेको तर मुख्यमन्त्रीलाई केही नभएको नेकपा प्रमुख सचेतक भूमिश्वर ढकालले बताउनु भएको छ । प्रदेश ५ को स्थायी राजधानी दाङ देउखुरी प्रस्ताव गरे लगत्तै नेपाली कांग्रेस सहित यस क्षेत्रका संघसंस्था आन्दोलित छन्।  @ mirmire

Leave A Reply

Your email address will not be published.