Bardaghat Na pa

किशोरीहरुका लागी २ दिने सेनेटरी प्याड बनाउने तालिम

136
उमेश बि.क
सरावल,११ असाेज
पश्चिम नवलपरासीको सरावल ३ स्थित महेन्द्र मा.बि सरावलकाे सभाहलमा २ दिने किशोरीहरुका लागी सेनेटरी प्याड बनाउने तालिम सम्पन्न भएको छ ।
संवाद किशोर किशोरी सन्जालकाे अायाेजना तथा एबिसि नेपाल ,स्ट्राेम फाउन्डेसन नेपालकाे सहयाेग एवम सरावल गाउपालिकाकाे समन्वयमा शुक्रबारदेखि सन्चालन गरिएको तालिम शनिबार सम्पन्न गरिएको हाे।
               सरावल गाउपालिकाकी उपाध्यक्ष उत्तमा रायको प्रमुख आतिथ्यतामा भएको तालिममा बोल्दै प्रमख अतिथि रायले यो तालिम जिवन उपयोगी रहेको र ब्यवसायिक पनि बनेर आत्मनिर्भर बन्न सकिने हुदा ध्यान दिएर तालिमको फाइदा लिन सहभागिलाई आग्रह गर्नुभएको थियो ।
तालिममा बोल्दै सरावल वडा नम्बर ३ का वडाध्यक्ष अणेन्द्र नाथ रायले सरावल गाउपालिका बालमैत्री गाउपालिका घोषणाका लागी अघि बढिरहेको बताउदै किशोरीहरुलाई विद्यालयमा सेनेटरीको प्याडको आवश्यकता रहने र आफ्नो सरसफाईका लागि पनि प्याड आवश्यक रहेकाले सरावल गाउपालिकाले यस क्षेत्रमा लगानी गरेको बताउनुभयो । सरावल गाउँपालिका भित्र एबिसि नेपालकाे सम्बाद कार्यक्रम संग सम्बन्धित ३५ भन्दा बढी किशोरीहरुको सहभागिता रहेको तालिमकाे सहजिकरण कमला फुल्देलले गर्नुभएको थियाे ।      https://www.youtube.com/watch?v=rcSvZv8ffHo&t=143s