Holi asnjal makar GURU

आधिकारी ट्रेड युनियन कर्मचारीहरुको निर्वाचन तत्काल रोक्न माग

20

गौरीशंकर जयसवाल

परासी १ असोज
आधिकारी ट्रेड युनियन कर्मचारीहरुको निर्वाचन तत्काल रोक्न नेपाल मधेशी निजामती कर्मचारी मञ्च नवलपरासी बर्दघाट सुस्ता पश्चिमले माग गरेको छ । कोरोना महामारीको बिषम परिस्थितीमा आम जनजीवन प्रभावित बनेको बेला सरकारले यही असोज १४ आधिकारी ट्रेड युनियन कर्मचारीहरुको निर्वाचन गर्न भनिएकोले तत्काल रोक्न रोक्न नेपाल मधेशी निजामती कर्मचारी मञ्चले माग गरेको हो ।

नेपाल मधेशी निजामती कर्मचारी मञ्च नवलपरासी अध्यक्ष अमजद अली अन्सारीले आज आधिकारी ट्रेड युनियन कर्मचारीहरुको निर्वाचन स्थापना गरेको जिल्ला निर्वाचन अधिकारीको कार्यालय परासीमा ज्ञपानपत्र बुझाउदै सरकारले हाम्रा मागहरुलाई बेवास्ता गरी निरकुश शैलीमा सरकारले गराउने थालेको उक्त निर्वाचन कुनै पनि हालतमा मान्य नहुने ज्ञपानमार्फत ध्यान ध्यानाकर्षण गराएको छ ।

सरकारले सबिधान बिपरीत निर्धारित गरेको १० प्रतिशत थ्रेसहोल्ड नेपाल मधेशी कर्मचारीहरुलाई बिभेद गरेको अध्यक्ष अली अन्सारीले बताए । उनले भने हाम्रो माग ३ प्रतिशत थ्रेसहोल्ड कायम गरी साबेशीताको सिद्धानलाई अधारमानि निर्वाचन गराउन माग रहेको बताए

स्वास्थ्य सेवा कर्मचारीहरुलाई निर्वाचन प्रक्रिया बाट निशेषित गरिएकोप्रति हाम्रो ध्यानकर्षण भएको नेपाल मधेशी निजामती कर्मचारी मञ्च नवलपरासीले ज्ञपानपत्रमा उल्लेख गरिएको छ । सरकारले सघिय तथा प्रदेशीक निजामती सेवा कानुन निमार्ण नगरीकन निर्वाचनको निर्वाचन लादने प्रयास गरिएको नेपाल मधेशी निजामती कर्मचारी मञ्च नवलपरासीका कोषध्यक्ष दिलीप यादवले बताए ।

मञ्चले आफ्नो मागहरु सम्बोधन नभएसम्म आफ्नो सहभागिता सुनिश्चिता गरी निर्वाचनको नयां तिथी सर्वजनिक माग गर्दछौ र माग पुरा भएन भने आन्दोलनको बिकल्प नरेहको समेत ज्ञापनपत्रमा उल्लेख गरेको छ ।