उमेश बि.क
परासी ,२५ भदौ
पश्चिम नवलपरासीका नेपाली कांग्रेस उपसभापति सुवाष चन्द्र गिरीको मृत्युबारे छानविनको माग गर्दै जिल्लाका राजनैतिक दलहरुद्वारा सामूहिक रुपमा जिल्ला प्रशासन अगाडि माैन जुलुस गरिएको छ । कोरोनाका कारण मृत्यु नभई अस्पतालकै लपरवाहीले उहाँको मृत्यु भएको भनेर दुई घण्टा माैन जुलुस गरेका हुन् । गत साउन २३ गते उपसभापति गिरीले युनिर्भसल मेडिकल कलेज भैरहवामा पित्तथैलीको अप्रेसन गराएका गराउनुभएको थियो । अप्रेसन भएपछि उनको स्वास्थ्य तथा स्वासप्रश्वासमा समास्या देखिएको थियो । गिरीको परीवारले साउन २७ गते उहाँलाई पुनः स्वास्थ्य चेकजाँजका लागि अस्पताल लिएर गएपछि उहाँमा कोरोना देखिएको कुरा बाहिर आएको थियो ।
उहाँलाई स्वासप्रश्वासमा समस्या भएपछि थप उपचारका लागि काठमाडौंस्थित पाटन अस्पताल लगिएको थियो । उपचारको क्रममा उहाँको भदौं १ गते मृत्यु भएको थियो । तर यता उहाँको परिवारजन लगायत राजनैतिक दलहरु र समाजिक संघसंस्थाले भने मेडिकल कलेजकै लपरवाहीले मृत्यु भएको आरोप लगाएका छन् । अप्रेसन अगाडि पिसिआर परीक्षण नगर्नु, पुनः अस्पताल लाने क्रममा भर्ना लिन आलटाल गर्नुको अर्थ अस्पतालकै लापरवाहीका कारण गिरीको मृत्यु भएको गिरीको परीवार र राजनैतिक दलले जनाएका छन् ।
मृतक गिरीको पीसीआर नगरी अप्रेशन गर्नु र अप्रेशनमा समेत लापरबाहीको आरोप लगाउँदै राजनीतिक दल र परिवारजनले साता दिनअघि ज्ञापन पत्र दिएर घटनाको निष्पक्ष छानविन गरी कारबाही गर्न माग गरेका थिए । माग पूरा नभएको भन्दै प्रशासनमा धर्ना र जुलुस प्रर्दशन गर्नु परेको नेपाली काङ्ग्रेस नवलपरासी पश्चिमका सभापति बिष्णु प्रसाद पौडेलले बताउनु भयो । प्रदर्शन पछि आयोजित कोणसभामा बोल्ने पार्टी प्रतिनिधि र जनप्रतिनिधिहरुले माग पूरा नभए थप आन्दोलनका कार्यक्रम गर्ने घोषण गर्नु भएको छ ।
धर्नामा नेकपा, नेपाली कांग्रेस, राष्ट्रिय जनता पार्टी, समाजवादी पार्टी, राष्ट्रिय प्रजातन्त्र पार्टी, स्वतन्त्र राजनीतिक समूह, नागरिक समाजका प्रतिनिधिहरुको सहभागिता छ । https://www.youtube.com/watch?v=Lv_RzAkQzmQ&t=30s