प्रकाश न्यौपाने
बर्दघाट,भदौ –१६
नेपाली काँग्रेस वडा कार्य समिति बर्दघाट नगरपालिका वडा नं. ९ले राजा महात्मा पूर्णभद्र मा.बि. माविद्यालयसंग सम्बन्धित रहेर विभिन्न सामाजिक संञ्जालमा आइरहेका अनियमितताका विषयमा तत्काल छनविन गर्न बर्दघाट नगरपालिकालाई ध्यानाकार्षण गराएको छ । नेपाली कांग्रेस वडानम्बर ९ का वडा सभापति पुर्णमान श्रेष्ठको नेतृत्वमा बर्दघाट नगरपालिकामा पुगेको टोलिले तत्काल सर्वपक्षिय छानविन समिति बनाउन माग गरेको छ ।
बिद्यालयमा चरम आर्थिक हिनामिना भएको भन्ने कुरा बिद्यालय ब्यवस्थापन समितिका सदस्य तथा निर्माण समितिका संयोजक र शिक्षक अभिभावक संघका ब्यक्तिहरुबाट सामाजिक सञ्जालमा ब्यापक रुपले आएको छ । सोहि विषय वस्तुलाई लिएर स्थानीय शिक्षा प्रेमी, अभिभावक, जनप्रतिनिधि, राजनैतिक दलका प्रतिनिधि र लेखासंग दखल राख्ने बिज्ञ ब्यक्तिहरु सम्मिलित सर्वपक्षीय छानबिन समिति गठन गर्नुूपर्ने नेपाली कांग्रेसले माग गरेको छ ।
विद्यालयको छानविनका लागी अभिभावकहरुले छानविन होस भनि जेष्ट ३२ गते छानविनको लागी माग गरे पनि हाल सम्म छानविन गर्न आलटाल गर्नुले वास्तविकतालाई ढाकछोप गर्न, नक्कलि कागजात बनाउन समय उपलब्ध गराउन र दोषिलाई उन्मुक्ति दिने प्रयत्नभएको हो कि भन्ने आशंका बढेको कांग्रेसको भनाई छ ।