Jilla Ban Notis

नवलपरासीमा भदौ २० गते राति १२ बजे सम्मका लागि निषेधाज्ञा ।

0 57

कृष्ण ढकाल

बर्दघाट,भदौ–१५
जिल्ला प्रशासन कार्यालय पश्चिम नवलपरासीले फेरी भदौ २० गते राति १२ बजे सम्मका लागि निषेधाज्ञा थपजारी गरेको छ । पछिल्लो समय जिल्लाका विभिन्न स्थानहरुमा कोरोना संक्रमण बढ्न थालेपछि जिल्ला प्रशासन कार्यालय नवलपरासीले निषेधाज्ञा जारी गरिएको हो । निषेधाज्ञा जारीभएको समयमा भेला, गोष्ठी, सेमिनार, सामुहिक जमघट नगर्न र नगराउनुहुन अनुरोध गरीएको छ । जिल्ला सुरक्षा समितिको आज बसेको भर्चुअल बैठकले जिल्लाका सरकारी कार्यालय एबं बैंक तथा वित्तिय संस्थामा कम जनशक्तिवाट तोकीएको मापदण्ड पुरागरेर  आफ्नो सेवा प्रदान गर्न निर्देशन गरीएको प्रमुख जिल्ला अधिकारी सागरमणि पाठकले जारीगुर्न भएको सुचनामा उल्ल्ेख गरीएको छ ।

Leave A Reply

Your email address will not be published.