✍️ एम. पह्च्यु गुरुङ्ग
गजल
झरना सरि झर्दै नदिसंगै, बगेर आउने मनछ
हजारौं जुनि तिमीसंगै, माया लगाउने मनछ |
आँधिहुरी भेलपैरो, भदौरे चर्को घाममा पनि
बेमौसमे झरीबनी, तिमीलाई रुझाउने मनछ |
कहिले कालो बादल, कहिले गड्याङ्ग गुडुङ्ग
असिना संगै बर्षिने, झरी झै सताउने मनछ |
मेरो हाँसो अनि आँसु, तिम्रो न्यानो काखमा
कहिलेकाही, दु;ख बिसाउदै रिसाउने मनछ |
पूराहोस सपना मेरो, पूराहोस ईच्छा चाहाना
जुनिजुनी संयौंजुनि, संगसंगै बिताउने मनछ |
एम. पह्च्यु गुरुङ्ग ( दोहा _ कतार )