Jilla Ban Notis

सुस्ता गाउँपालिका–४ का एक कर्मचारीमा कोरोना संक्रमण ,वार्ड न ४ नर्सहीलाई सिल ।

0 29

श्याम थापा
सुस्ता ३२ श्रावण
नवलपरासी सुस्ता गाउँपालिका वार्ड न ४ नर्सही स्वास्थ्य चौकीका एक कर्मचारीमा कोरोना संक्रमण भएको पुष्टि भएको छ । स्वास्थ्य चौकीका एक कर्मचारीमा कोरोना संक्रमण भएपछि सुस्ता गाउँपालिकाको कार्यालयले एक सुचना जारी गरि सुस्ताको वार्ड न ४ नर्सहीलाई सिल गरिएको सुचना प्रकाशित गरेको छ । स्वास्थ्य चौकीका कर्मचारीलाई कोरोना संक्रमण पुष्टि भएपछि समुदायमा थप कोरोनाको संक्रमण फैलिन नदिने र उनी संग सम्पर्कमा आएका ब्यक्तिहरुको कन्ट्रयाक ट्रेसिङ्ग कार्यलाई सहज गराउनका लागी सुस्ता ४ मा रहेका सम्पुर्ण ब्यापार ब्यबसाय तथा पसलहरु र अति आवश्यक कार्य बाहेक अनावश्यक कार्यमा हिड्डुल नगर्ने गरि सुस्ता गाउँपालिकाको वार्ड न ४ नर्सहीलाई पालिकाको अर्को सुचना नआउँदा सम्मको लागी सिल गरिएको सुस्ता गाउँपालिका अध्यक्ष राम प्रसाद पाण्डेयले बताएका छ्न ।
कोरोना संक्रमण भएका ति कर्मचारी प्रतापपुर गाउँपलिका वार्ड न ४ को ठुलोखैरटहवाका हुन ती कर्मचारी नर्सही स्वास्थ्य चौकीको बर्थिङ्ग सेन्टरमा कार्यरत रहेकी थिइन् । उनले यहि श्रावण २७ गतेका दिन सुस्ता गाउँपालिकाले गरेको समुदाय स्तरको कोरोना परिक्षणको समयमा आफ्नो पनि कोरोना परिक्षण गराएकि थिइन । उनको पिसिआर रिपोर्ट पोजेटिभ आए संगै ती स्वास्थ्यकर्मी हिजो श्रावण ३१ गते देखी होम क्वारेन्टाइन रहेको सुस्ता स्वास्थ्य शाखाका संयोजक निर्मला कुशवाहाले बताइन् । स्वास्थ्य चौकीको कर्मचारीमा कोरोना संक्रमण देखिएपछि स्वास्थ्य चौकी नर्सही,वडा कार्यालय लगायत सिल गरिएको सुस्ता गाउँपालिकाको कार्यालयका प्रमुख प्रशासकीय अधिकृत सुरेन्द्र प्रसाद बस्यालले जानकारी दिएका छ्न ।

Leave A Reply

Your email address will not be published.