Holi asnjal makar GURU

संयुक्त विद्यार्थी संगठन र प्याप्सन नवलपरासी विच ४ वुंधे सहमति ।

152

कृष्ण ढकाल
बर्दघाट,श्रावण–२९
संयुक्त विद्यार्थी संगठन नवलपरासी र प्याप्सन नवलपरासी विच आज ४ वुंधे सहमति भएको छ । आज बर्दघाटमा बसेको विद्यार्थी नेताहरु र प्याप्सनका जिल्ला का नेतृत्वहरुसंगको संयुक्त बैठकले ४ वुंधे सहमति गरेको छ । आज भएको सहमति अनुसार संयुक्त विद्यार्थी संगठन नवलपरासीले अनुगमनका क्रममा ताला लगाएका विद्यालयहरुको ताल खोल्ने, अहिलेको विसम परिस्थीतीमा बैकल्पीक विधिवाट विद्यार्थीहरुलाई पठनपाठन गराउने तर भौतिक रुपमा कुनैपनि हालतमा विद्यालय संचालन नगर्ने लगाएतको चार वुंधे भद्रसहमति भएको प्याप्सन नवलपरासीका जिल्ला अध्यक्ष ईन्द्र गुरुङ्गले जानकारी दिनु भएको छ ।

त्यसैगरी आफुहरुले अनुगमनका क्रममा तालावन्दी गरीएका विद्यालयहरुको तालाकोचांपी आज नै प्याप्सन अध्यक्ष गुरुङ्लाई हस्तान्त्रण गरेको विद्यार्थी नेता सुसान्त घिमिरेले बताउनु भयो ।