Holi asnjal makar GURU

परासी मालपोतमा प्रभु बैंकको एक्स्टेन्सन काउण्टर सञ्चालन

42

परासी, १४ साउन

प्रभु बैंकले पश्चिम नवलपरासीस्थित परासी मालपोत कार्यालयमा एक्स्टेन्सन काउण्टर सञ्चालनमा ल्याएको छ। एक्स्टेन्सन काउण्टरको मालपोत कार्यालयका निमित्त प्रमुख वेदप्रसाद भण्डारी र प्रभु बैंकका प्रदेश ५ प्रमुख सुवास कुंवरले संयुक्त रुपमा आज उद्घाटन गर्नुभयो ।

मालापोत कार्यालयको राजस्व अव सोही काउण्टरबाट जम्मा हुन्छ । मालपोत कार्यालयमा आउने सेवाग्राहीहरुले अब विना झण्झट प्रभु बैंकको एक्स्टेन्सन काउण्टरमा रहेको सम्बन्धित मालपोत कार्यालयको खातामा राजश्व रकम जम्मा गरी सरल र सहज रुपमा मालपोत कार्यालयको काम गर्न सक्ने प्रभु बैंक परासी शाखा प्रमुख दीर्घ न्यौपाने बताउनुभयो ।

प्रभु बैंकले २०८ वटा शाखा कार्यालय, १८१ वटा एटिएम तथा ४९ वटा एक्स्टेन्सन काउण्टरहरु मार्फत अत्याधुनिक प्रविधियुक्त गुणस्तरीय बैंकिङ्ग सेवा प्रदान गर्दै आएको बर्दघाट शाखा प्रमुख शेषमणि पटेलले जानकारी दिनुभयो । बैकका १४ लाख बढी ग्राहक रहेका छन् ।