sunwal

बाढिमा परि खुट्टा भाचिएका चौधरीको उपचारमा समस्या : सहयोगको अपिल

185

उमेश बि.क
सरावल ,८ साउन
अविरल बर्षाका कारण घर डुबान हुँदा गत असार ३ गते सरावल गाउँपालिका वडा नं. ६ मधवलियाका पृथ्वीराज चौधरी घरको समान बचाउने क्रममा खुट्टा भाचिएकाे हाे।
बाढिमा परि खुट्टा भाचिएका नवलपरासीको सरावल गाउँपालिका वडा नं. ६ मधवलियाका अति बिपन्न पृथ्वीराज चौधरीको उपचारमा समस्या अाएकाेले सहयोगको अपिल गरेका छन ।
बिहान बेलुका हातमुख जोड्न समेत धाैँ धौँ रहेका चाैधरीलाई उपचार गराउन रकम अभाव भएपछि स्थानियले चन्दा उठाई असार ४ गते जेनतेन लुम्बिनी सिटि हस्पिटल बुटवल पुर्याएका थिए।
परिवारमा आय आर्जनको कुनै श्रोत नभएका चाैधरीकाे खुट्टामा दुई वटा रड हालेर उपचार भइरहेको छ भने उपचार खर्च करिब डेढ लाख लाग्ने भएकोले चौधरीकि श्रीमति तारा देबि चाैधरीले सहयोगका लागि सबैलाई अनुरोध गरेकि छन।
सहयोग गर्न चाहनेले तारा देबि चाैधरीको मुक्तिनाथ बिकास बैंक लिमिटेडमा रहेको खाता नम्बर 11921600475593000001 मा सम्पर्क गर्न सक्नेछ्न।
साथै प्रत्यक्ष कुरा गर्न चाहानु हुनेले 9826431602 मा सम्पर्क गर्न सकिने छ ।