Sarawal sit lahar Notis

सुस्ताको नर्सहिमा बाढी पस्यो,स्थानियवासीहरुलाई सुरक्षीत स्थानमा लाने तयारी गरीदै ।

33

कृष्ण ढकाल
बर्दघाट,श्रावण –६
नारायणी नदिमा आएको बाढि सुस्तामा पसेपछि सुस्ताका २ सय ६५ घर परिवारहरु डुवानमा परेका छन । उनीहरुले आफ्ना अत्यावश्यक समान लिएर सुरक्षित स्थानमा जानका लागि तयारी गरीरहेका छन्
। अहिले सुस्ताको नर्सही क्षेत्रका थारुटोला र सैनिकटोलाका घरहरु डुबानमा परेको सुस्ता गाउंपालिका अध्यक्ष रामप्रसाद पाण्डेले जानकाारी दिनु भएके छ। उहांले अहिल् तत्कार विपत ब्यवस्थापनको १७ जनाको टोली डुवान क्षेत्रमा पठाई सकिएको बताउनु भएको छ । अहिले गाऊपालिकाले सुस्ताका युथहरुसगं समेत सहकार्य गरी उद्धारमा जान तयारी अवस्थामा जुटेको सुस्ता युथका ज्ञान प्रसाद पाठक(सन्तोष)ले जानकारी दिनु भएको छ।
यता पानीको वहाव मापन केन्द्र देवघाटको समन्वयमा रहेर सुस्ताको वडा नं. ४ का नागरीकहरुलाई अब सुरक्षनीत स्थानमा ल्याउने तयारीमा लागेको अध्यक्ष पाण्डेले जानकारी दिनु भयो । अहिले सुस्तामा रहेको शसस्त्र प्रहरी र जनपथ प्रहरीको कार्यालय पनि डुवानमा परेको छ । नारायणी पारी सुस्तामा नारायणी नदिको बाढि बढीरहेकाले डुबानक्षेत्रको निरिक्षण गर्नजान सक्ने अवस्था नरहेको प्रहहरीले जनाएको छ । प्रहरीका अनुसार पानी थप बढ्दै गए स्थानियलाई उद्धार गरि सुरक्षित स्थानमा लानुपर्ने अवस्था देखिएको छ ।