Sarawal sit lahar Notis

पि.सी. आर. रिपोट नेगेटिभ आएपछि बर्दघाट ११ का २ जना घर गए

0 32

फूल कुमारी ढकाल
बर्दघाट,जेष्ठ–२०
बर्दघाट नगरपालिका वडा नं. ११ को अस्थाई क्वारेन्टाईनमा रहेका २ जनाको पि.सी. आर. रिपोट नेगेटिभ आएपछि आज घर फर्केका छन् । आज घर फर्कने २ पुरुषहरु भारतको दिल्लि हु“दै जेष्ठ ३ गते नेपाल प्रवेश गरेको बर्दघाट नगरपालिका वडा नं. ११ का वडा अध्यक्ष तिर्थराज फौजदारले बताउनु भएको छ । भारतको दिल्लि हु“दै नेपाल प्रवेश गरेका २ पुरुषहरु मध्ये एक जना २६ वर्षे र अर्को २५ वर्षे रहेका छन् । जेष्ठ ३ गते नेपाल प्रवेश गरेका उनीहरुलाई सिधै बर्दघाट नगरपालिका वडा नं. ११ ले स्थापना गरेको अस्थाई क्वारेन्टाईनमा राखेर स्वास्थ्य उपचार गरी पि.सी. आर रिपोट नेगेटिभ आएपछि मात्र आज घर पठाइएको वडा नं. ११ का वडा सचिव लिलबहादुर चौधरीले बताउनु भएको छ । पि.सी. आर. टेस्टको लागी उनिहरुलाई जनता आधारभुत विद्यालय भगजोनीको अस्थायी क्वारेन्टाइनमा राखिएको थियो ।

Leave A Reply

Your email address will not be published.