sunwal

लकडाउनको समयमा अवैध रुपमा मालसामान ओसारपसार

74

सहबान अन्सारी
प्रतापुर, जेठ १७
नवलपरासीमा सिमा सुरक्षा सहित कोरोना रोकथाम तथा नियन्त्रणका लागी ब्यापकरुपमा शसस्त्र प्रहरीको उपस्थिती रहदा पनि लकडाउनको समयमा तस्करी बढदै गएको पाइएको छ ।
जिल्लाका सबै सिमानाकाहरु बाट आवत जावतमा पुर्ण रोक लगाएता पनि तस्करी नियन्त्रण गर्नका लागी नेपाल प्रहरीले सक्रियता देखाएको छ ।
यसै क्रममा गए राती सुस्ता गाँउ“पालिका वडा नं ५ बनकट्टीबाट भारतबाट अबैधरुपमा ल्याउदै गरेको १ लाख ५० हजार बराबरको विभिन्न किराना समानहरु र चिनी प्रहरीले नियन्त्रणमा लिएको छ ।
त्यसै गरी शुक्रवार राती प्रतापपुर गाँउ“पालिका वडा नं ५ धरमौलीबाट भारतबाट अबैधरुपमा ल्याउदै गरेको करिब ८० हजार बराबरको शुद्धप्लस प्रहरीले नियन्त्रणमा लिएको ईलाका प्रहरी कार्यालय बेलाटारीका प्रहरी निरिक्षक खुमानन्द पाण्डेले जानकारी दिएका छन् । नियन्त्रणमा लिएको सामानहरु आवश्यक कारवाहीको लागी भन्सार कार्यालय महेशपुर पठाउने प्रहरीले जनाएको छ ।