Sarawal sit lahar Notis

बर्दघाटमा नेवि संघको विरोध प्रर्दशन ।

0 27

कृष्ण ढकाल
बर्दघाट,बैशाख–२९
नेपाल विद्यार्थी संघ नवलपरासीले आज बर्दघाट चोकमा विरोध प्रर्दशन सम्पन्न् गरेको छ । लिपुलेख क्षेत्रमा नेपालको भुमी प्रयोग गरि एकपक्षीय रुपमा भारतिय पक्षद्धारा सडक निर्माण गरिएको बिरुद्धमा नेपाल विद्यार्थी संघ नवलपरासीले आज बर्दघाट चोकमा विरोध प्रर्दशन गरेको हो । नेपाल विद्यार्थी संघ नवलपरासीका निर्वतमान सभापति दधिराम पौडेल,पूर्व सचिव अविनास रेग्मी,युवा नेता रविन्द्र सापकोटा,नारायण विक,सुरज पाण्डे,सुलभ खनाल,सुसिल भुजेल,युवराज पाण्डे,रोशन तिमिलसिना लगाएतको सहभागिता रहेको थियो । सो अवसरमा विद्यार्थी नेता किश्वर गैरेले कार्यक्रमको संचालन गुर्न भएको थियो ।

Leave A Reply

Your email address will not be published.