Jilla Ban Notis

देवेन्द्रराज कँडेलले संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री योगेश भट्टराई समक्ष २०७७र७८ का लागि बजेट सुझाव बुझाए

0 23

वैशाख २३

प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसका नेता तथा छाया सरकारका पर्यटनमन्त्री देवेन्द्रराज कँडेलले संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री योगेश भट्टराई समक्ष आगामी आर्थिक वर्ष २०७७र७८ का लागि बजेट सुझाव बुझाएका छन् । मंगलबार नेपाली कांग्रेसबाट उनले बजेट सुझाव मन्त्री भट्टराईलाई बुझाएका हुन् ।

पछिल्लो केही दिनयता आगामी आर्थिक वर्षको बजेटले पर्यटन क्षेत्रमा समेट्नुपर्ने विषयका सन्दर्भमा पर्यटनमन्त्री भट्टराईले जनप्रतिनिधिसँगको छलफललाई तीव्र बनाएका छन् । सोही क्रममा कांग्रेससहित विपक्षी दलका सांसदसँग मन्त्री भट्टराईले मंगलबार सुझाव लिएका हुन्। यसअघि उनले सत्तारुढ दलका सांसदसँग प्रदेशगत रुपमा छलफल गरेका थिए ।

छाया सरकारका पर्यटनमन्त्री देवेन्द्रराज कँडेलको नेतृत्वमा आएको टोलीले पर्यटन क्षेत्रमा ल्याउनुपर्ने कार्यक्रम र यसमार्फत प्राप्त गर्न सकिने समद्धिका सम्बन्धमा पार्टीका तर्फबाट लिखित सुझावमन्त्री भट्टराईलाई बुझाएको हो ।

कांग्रेसले कोरोना भाइरसले यस क्षेत्रमा पारेको प्रभावपछिको पुर्नस्थापनाका कार्यक्रम ल्याउन सरकारको ध्यानाकर्षण गराएको छ । योजना बनाउने बेला विपक्षी दलका सांसदलाई पनि बोलाएर मन्त्री भट्टराइले राजनीतिक संस्कारको सुरुवात गरेको समेत उनले उल्लेख गरे । मंगलबार नै नेमकिपाको तर्फबाट प्रेम सुवाल, राष्ट्रिय जनमोर्चाको तर्फबाट दुर्गा पौडेल र राजपाको तर्फबाट अमृतादेवी अग्रहरिले पर्यटनसँग सम्बन्धित सुझाव प्रस्तुत गरेका छन् ।

उक्त अवसरमा मन्त्री भट्टराईले सांसदहरूबाट प्राप्त सुझावलाई सकेसम्म सम्बोधन गर्ने प्रतिबद्धता व्यक्त गरे । यसपटक साना योजनाभन्दा ‘लगानीमा साझेदारी र प्रतिफलमा हिस्सेदारी’ को नीतिअनुसार ठूला पर्यटकीय आयोजना अघि बढाउने मन्त्रालयको तयारी रहेको उनले जनाए ।

धेरैको माग नयाँ विमानस्थल निर्माणमा रहेको भन्दै मन्त्री भट्टराईले नयाँ विमानस्थल औचित्य, आवश्यकता र व्यवसायिकता आधारमा मात्र निर्माण हुने बताए । ‘अतिदुर्गम ठाउँमा सेवा दिने राज्यको कर्तव्य हो, दिनुपर्छ । त्यसबाहेक व्यावसायिकतालाई पनि हेर्नुपर्ने हुन्छ । लगानी गरिसकेपछि, लगानी डुब्नु हुँदैन भन्ने कुरामा पनि हेक्का राख्नुपर्छ,’ उनले भने ।

@ https://www.onlinekhabar.com बाट

Leave A Reply

Your email address will not be published.