फूलकुमारी ढकाल
बर्दघाट,बैशाख–१२
नवलपरासी जिल्लामा क्रियासिल पत्रकारहरुका लागि सुनवल नगरपालिकाका नगर प्रमुख भीम बहादुर थापा (भरत)ले सेनिटाईजर सहयोग गर्नु भएको छ । कोरोना भाईरसको संक्रमणवाट वच्नका लागि गरीएको लक डाउनका वेलामा पनि अग्रपंतीमा रहेर पत्रकारीता गरीरहने जिल्लामा क्रियासिल पत्रकारहरुका लागि भन्दै सुनवल नगरपालिकाका नगर प्रमुख भीम बहादुर थापा (भरत)ले ७० थान सेनिटाईजर सहयोग गर्नु भएको नेपाल पत्रकार महासंघ नवलपरासी शाखाका अध्यक्ष हरि शर्माले जानकारी गराउनु भएको छ । नेपाल पत्रकार महासंघ नवलपरासी शाखा मार्फत जिल्लाका पत्रकारहरू लाई सेनिटाईजर उपलब्ध गराउन भन्दै आज अध्यक्ष शर्मालाई हस्तानत्रण गर्नु भएको थियो । सो अवसरमा जिल्लाका सबै पत्रकारहरुको तर्फवाट नगर प्रमुख थापालाई अध्यक्ष हरि शर्माले हार्दिक आभार प्रकट गर्नु भएको थियो । त्यसैगरी सेनिटाईजर लिन पुगेको महासंघको टोलीमा संलग्न १० जना पत्रकारहरूलाई नगर प्रमुख थापाले के.एन. नाईन्टीन मास्कसमेत उपलब्ध गराउनु भएको छ । यसअघि उहांले महासंघलाई ७ सय थान मास्क उपलब्ध गराई सहयोग गर्नुभएको थियो ।
