Sarawal sit lahar Notis

रामग्राम नगरपालीकाले अब लकडाउन बाट प्रभावित गरिब विपन्न वर्गका लागी स्टिम मसिनो चामल वितरण गर्ने

0 27

गौरीशंकर जयसवाल
परासी, वैशाख ३

रामग्राम नगरपालिकाले बितरण गरेको गुणस्तरहिन चामल चौर्तफि बिरोध आएपछि रामग्राम नगरपालीकाले अब स्टिम मसिनो चामल वितरण गर्ने भएको छ । यसअघि केही दिन आगाडि नगरपालिकाले मोटा चामल वितरण गरिएकोमा राहत पाएकाहरुले चामल गुणस्तहिन भएको भन्दै नगरपालीकाको मुल गेटमै ल्याएर फ्याँकेका र केही वडाबासीहरुले वडाअध्यक्षको घरमा ल्याएर फिर्ता गरेको थिए । चौतर्फि आलोचित बनेको नगरपालीकाले नयाँ राहत सामाग्रि खरिद गर्न खरिद र वितरण समन्वय समिति गठन गरि राहत वितरण थाल्ने निर्णय गरेको बुधवार आयोजित पत्रकार सम्मेलनमा रामग्राम नगरपालीकाका मेयर नेरन्द्र कुमार गुप्ताले बताए ।गत ३० गतेको कार्यपालीका बैठकलेअति गरिबी बिपन्न बर्गलाई कुनै पनि जनप्रतिनीधी र कर्मचारीहरुको व्यक्तिगत स्वार्थ नरहेको आम नागरिकहरुलाई अनुरोध गदै एक एक बिभिन्न व्यक्तिहरुबाट सत्यतथ्य नबुझि पदद्यीकारी तथा कर्मचारी माथि पूर्वग्रह स्वस्प लगाईएको निराधार आरोप कुनै सत्यता नरहेको सो निराधार आरोपको खण्डन गदै घोर भत्सना गरेको बिज्ञप्तीमा उल्लेख भनिएको छ । राहत बितरणको लागि कार्यपालिकाको बैठकले गठित समितिको संयोजकमा वडा नम्बर ७ का अध्यक्ष शिवशंकर प्रसाद हरिजन समिती गठन गरेको छ । जसको सदस्रुमा कार्यपालीका सदस्य उमाशंखर हरिजन र ईन्दु वि।क रहेका छन ।रामग्राम नगरपालिकाले पहिलो १० किलो बितरण गरिएको गर्ने भनेको अब राहत सामाग्री बढईएको नगरप्रमुख गुप्ताले जानकारी दिए । उनको अनुसार २५ किलो चामल बितरण गरिने छ भने दाल एक किलो नुन एक प्याकेट खाने तेल एक लिटर र हात धुने साबुन दुई वटा र सोयाबिन पाँच सय ग्राम बितरण गर्ने निर्णय भएको बताए । राहत सामाग्रही खरिद गर्नको लागि प्रक्रिया बुधबारदेखी सुरु गरिएको र यसअघि खरिद गरीएको चामल सम्बन्धीत व्यवसायिलाई नै फिर्ता गरिने छ । राहत वितरणका सम्बन्धमा कुनै कमिकमजोरी देखिए कडा कारवाहि गर्ने पनि नगरपालीकाले जनाएको छ ।

पत्रकार सम्मेलनमा बोल्दै नगरप्रमुख गुप्ताले लकडाउन बाट प्रभावित गरिब विपन्न वर्गका लागी वितरण गरिएको राहतको चामलमा स्थानियले गुणस्तरीयताको प्रश्न उठाउँदै नगरपालीकाको मुलगेटमा खाद्यान्न फ्याक्ने र फिर्ता गरेको केही तत्वको चालखेल भएको दाबी गरे । राहत सामाग्रिमा कुनै कमि कमजोरी देखिए सच्चाउने ठाँउ हुदाँहुँदै केही व्यक्तिहरुको उक्साहट गेटमा ल्याएर खाद्यान्न फ्याँक्ने कार्य नियोजित भएको नगरप्रमुख गुप्ताको दाबी छ । उनले भने नगरपालीकालाई बदनाम गर्ने नियतले कपोकल्पित र भ्रामक प्रचार गरी उक्साहटमा राहत सामाग्रि फिर्ता गर्ने र गेटमा छिरोल्ने कार्य भएको भनाई थियो । गुप्ताले उपमेयर रम्भा कुँवरले जारी गरेको विज्ञप्ती कृर्ते जारी गरेको समेत आरोप लागाएका छन । रम्भा कुवँरले केहि व्यक्तिबाट सत्यतथ्य नै नबुझि जनप्रतिनिधि तथा कर्मचारी माथी लगाईएको आरोप निराधार रहेको र सो आरोपको खण्डन गर्दे घोर भत्र्सना कार्यपालीकाको गत चैत्र ३० गतेको बैठकबाटै गरिएको पनि मेयर गुप्ताले जारी गरेको विज्ञप्तीमा उल््लेख छ । रामग्राम नगरपालिकाले खाद्यान्न र तरकारी पसलहरु बिहान ११ बजे देखी १ सम्मको लागि खोल्ने निर्णय भएको नगरप्रमुख गुप्ताले जानकारी दिए ।

Leave A Reply

Your email address will not be published.