Sarawal sit lahar Notis

नवलपरासी जिल्लाका पत्रकारलाई नेपाल उवा महासंघद्धारा मास्क उपलब्ध

0 17

 परासी, २४ चैत 

नेपाल उद्योग वाणिज्य महासंघ प्रदेश ५ ले नेपाल पत्रकार महासंघ पश्चिम नवलपरासी जिल्ला शाखालाई ३ सय थान सर्जिकल मास्क उपलब्ध गराएको छ । समाचार संकलनका क्रममा फिल्डमा खटिने पत्रकारहरुलाई वितरण गर्ने गरी सोमबार महासंघका प्रदेश ५ अध्यक्ष गुणनिधि तिवारीले जिल्ला शाखा अध्यक्ष हरि शर्मालाई मास्क हस्तान्तरण गरेका हुन् । ‘कोरोना संक्रमणविरुद्धको अग्रपंक्तिमा पत्रकारहरु पनि रहेका छन् । जोखिम मोलेर समाचार संकलन गर्न बाहिर निस्कने पत्रकारहरुलाई स्वास्थ्य सुरक्षामा सहयोग पुग्ने भएकाले मास्क दिइएका हौं । ’ अध्यक्ष तिवारीले भने । उवा महासंघबाट प्राप्त मास्क फिल्डमा प्रत्यक्ष खटिने पत्रकारहरुलाई उपलब्ध गराइने पत्रकार महासंघका जिल्ला सचिव राजकुमार रेश्मीले बताए । त्यसैगरी कोरोना संक्रमणमा जोखिम मोलेर काम गर्ने जिल्लास्थित सुरक्षा निकाय र एम्बुलेन्स चालकहरुलाई पनि नेपाल उद्योग वाणिज्य महासंघले मा स्क उपलब्ध गराएको छ 

Leave A Reply

Your email address will not be published.