Holi care school

राजा माहात्मा पूर्णभद्र मावि द्धारा नगरको प्रकोप ब्यवस्थापन कोषमा ५० हजार सहयोग ।

27

कृष्ण ढकाल
बर्दघाट,चैत्र–२१
बर्दघाट नगरपालिकाले स्थापना गरेको नगरको प्रकोप ब्यवस्थापन कोषमा राजा माहात्मा पूर्णभद्र मावि पञ्चनगरले ५० हजार सहयोग गरेको छ । अतिबिपन्न तथा दैनिक ज्यालादारीका मजदुरहरुलाई खाद्यान्नल गाएत राहतको ब्यवस्थाका लागि आफ्नो संस्थाले सो रकम एन आई सी एशिया बैक बर्दघाट शाखाको प्रकोप ब्यवस्थापन कोषको खाता मा जम्मा हुनेगरी ५० हजार रुपैया वरावरको चेक रकम हस्तान्त्रण गरेको राजा माहात्मा पूर्णभद्र माविका प्र.अ. पुष्पराज आचार्यको बताउनु भएको छ । सो अवसरमा बोल्दै बर्दघाट नगरपालिकाका नगर प्रमुख धिरज शर्मा वस्यालले सबैको सहयोगले नै नगरका अति विपन्न तथा ज्यालामजदुरी गर्ने मानिसहरुलाई राहत वितरण गरीने बताउनु भएको छ ।