कृष्ण ढकाल
सरावल,चैत्र–१६
नवलपरासीको सरावल गाउंपालिकाले वडा नं. १ खोखरपुरामा रहेको आर्दश माविमा अस्थाई क्वारेन्टाईन स्थापना गर्ने भएको छ । यस अघि भुजहवामा १५ शैयाको अस्थाई क्वारेन्टाईन स्थापना गरी सकेको छ । सरावल गाउपालिकाको भौगोलिक अवस्थालाई मध्येनजरगरी गाऊपालिकाको दुई स्थानमा क्वारेन्टाईन स्थापनागर्न लागिएको गाऊपालिका अध्यक्ष राधेश्याम चौधरीले बताउनु भएको छ । कोरोना भाईरसको संभावित खतरालाई मध्येनजर गर्दै पूर्व तयारीका लागि केहिदिन अघि नै स्थापना गर्ने भनिएको उक्त खोखरपुराको अस्थाई क्वारेन्टाईन स्थापना गर्ने विषयमा पहिले स्थानियवासी सहमत भएपनि पछि उनीहरुले असहमति जनाएका कारण क्वारेन्टाईन स्थापना गर्ने कार्य रोकिएको थियो । आज प्रदेश सांसद दिपेन्द्र कुमार अधिकारीको नेतृत्वमा प्रदेश सांसद वैजनाथ जैसवाल,जिल्ला समन्वय समितिका अध्यक्ष शिव शंकर राय,सरावल गाऊपालिका अध्यक्ष राधेश्याम चौधरी ,गाऊपालिकाका प्रमुख प्रसाशकिय अधिकृत बुद्ध प्रकाश पौडेल लगाएत वडा नं. १ र अन्य वडाका वडाध्यक्ष,विद्यालय ब्यवस्थापन समितिका पद्यादिकारी ,शिक्षक एवं प्रहरी प्रसासन र स्थानिय समाज सेवीहरुको संयुक्त छलफलले भोलीवाट नै सुविद्या सम्पन्न् क्वारेन्टाईन आर्दश माविमा स्थापना गर्ने सहमति भएको छ । क्वारेन्टाईन स्थापना गर्दा त्यस क्षेत्रका मानिसहरुलाई कुनै पनि असहजता आउने खालको कार्य नगरी मज्वुत सुरक्षाको ब्यवस्थाका साथ क्वारायन्टाईन संचालन गर्नु पर्ने माग स्थानियवासीहरुले अघि सारेका थिए । सो अवसरमा वोल्दै सांसद अधिकारीले विद्यालयक्षेत्रको सुरक्षा देखि स्थानियवासीहरुको मर्मलाई बुझेर कसैलाई पनि कुनै समस्या नआउने गरी क्वारेन्टाईन संचालन गर्न गाऊपालिका अध्यक्ष चौधरीलाई आग्रह गर्नु भएको थियो । त्यसैगरी अर्का सांसद वैजनाथ जयसवालले सबै स्थानियवासीहरुको सहयोग आवश्यक रहेको वताउनु भएको थियो भने जिल्ला समन्वय समितिका अध्यक्ष रायले विपतका वेला पष्mुटेर हैन जुटेर विपतको समना गर्न आग्रह गर्नु भएको थियो । त्यस्तै गाऊपालिका अध्यक्ष चौधरीले क्वारेन्टाईन स्थापनाकालागि सबै सामानहरु गाडीमा नै लोड भै पालिकामा रहेको र स्वास्थ्य शाखाका कर्मचारीहरुले डियूटीको समेत योजना बनाई सकेको बताउदै भोली नै तयार गर्ने प्रतिवद्धता जाहेर गर्नु भएको छ । त्यस्तै प्रहरी प्रसासनले पनि आवश्यकता अनुसार सुरक्षा कर्मीलाई खटाउने प्रतिवद्धता जाहेर गरेको छ ।
![sunwal](https://www.gaunledarpan.com/wp-content/uploads/2022/12/Sit-Lahar-NotisSunwalt.gif)