Jilla Ban Notis

प्रदेश नं. ५ का प्रदेश सांसद दिपेन्द्र कुमार अधिकारीद्धारा भुजहवामा स्थापना गरीएको अस्थाई क्वारेन्टाईनको निरिक्षण ।

0 24
कृष्ण ढकाल
बर्दघाट,चैत्र–१३
विश्वभर महामारीको रुपमा फैलीरहेको कोरोना भाइरस (कोभिड( १९)को न्यूनिकरणका लागि नवलपरासीमा पनि सबै स्थानिय तहहरुले सतर्कता अपनाएका छन् । त्यसैगरी कोरोना भाईरस संक्रमितको शंका  लागेमा  उनीहरुलाई सुब्यवस्थीत रुपमा क्वारेन्टाईनमा राखेर उपचार गर्नका लागि सबै स्थानिय तहहरुले आ–आफ्नो पायक पर्ने स्थानमा क्वारेन्टाईनहरु निमार्ण गरी पूर्व तयारी गरेका छन् ।  सोही अन्र्तग विहिवार प्रदेश नं. ५ का प्रदेश सांसद दिपेन्द्र कुमार अधिकारीले सरावल गाउंपालिकाको वडा नं.७ भुजहवामा स्थापना गरीएको अस्थाई क्वारेन्टाईनको निरिक्षण गर्नु भएको छ । निरिक्षणका क्रममा उहांले वडाध्यक्ष ह्याद अली खां संग त्यस क्षेत्रका मानिसहरुको स्वास्थ्य अवस्थाका वारेमा जानकारी लिनुका साथै, भारतीय नाका वाट मानिसहरुको आवत जावतका वारेमा समेत जानकारी लिनु भएको थियो । त्यसैगरी भुजहवामा स्थापना गरीएको अस्थाई क्वारेन्टाईनमा विजुली ,पानी,शौचालय लगाएतको ब्यवस्था भए नभएको वारेमा जानकारी लिदै कुनै समस्या भएमा तत्काल खवर गर्न आग्रह पनि गर्नु भएको थियो । सो क्रममा सरावल गाउंपालिका वडा नं.७ का वडाध्यक्ष ह्याद अली खांले अहिले सम्म कुनै पनि समस्या नरहेको बताउदै पूर्व सतर्कता अपनाईएको जानकारी गराउनु भएको थियो ।

Leave A Reply

Your email address will not be published.