Sarawal sit lahar Notis

अस्पतालको लापरवाहीका कारण नवलपरासी बर्दघाटकी पुनको मृत्यु ।

0 17

 चैत्र–३
नवलपरासीको बर्दघाटमा होटल ब्यवसाय संचालन गर्दै आउनु भएका कुसल ब्यवसायि तथा समाज सेवी ब्यक्ति दिनेश पुनकी श्रीमतिको अस्पतालको लापरवाहीका कारणले मृत्यु भएको छ ।  दिनेशकी श्रीमति यमकुमारी पुनको रुपन्देहीको भैरहवा युनिभर्सल मेडिकल कलेजमा उपचारका क्रममा सोमबार विहान ४ बजेको समयमा मृत्यु भएको हो । नवलपरासी बर्दघाट नगरपालिका–२ चिसापानी स्थित ढेढारीफाट स्थायी बसोबास गर्दै आउनु भएका दिनेशकी श्रीमति यम कुमारी पुनको गत शुक्रबार स्वास्थ्यमा समस्या आएपछी  भैरहवा युनिभर्सल मेडिकल कलेजमा उपचारका लागि लगिएको थियो । अत्याधिक ज्वरो र टाउको दुख्ने समस्या लिएर अस्पताल पुगेकी पुनलाई अस्पतालमा भर्ना गरिएको थियो । अस्पतालमा २४ घण्टा सम्म स्वास्थ्यमा कुनै प्रकारको सुधार नआएपछी उहाँको परिवारले काठमाण्डौ लैजाने तयारी गरिरहदा अस्पतालले उनको स्वास्थ्य समस्या समान्य रहेको र चाडै निको हुने आश्वासन दिई डिस्चार्ज नगरेको बताईएको छ । पुनको स्वास्थ्य अवस्था जटिल बन्दै जादा समेत अस्पतालका चिकित्सकले उहाँको स्वास्थ्यमा ध्यान नदिएको र अस्पतालकै लापरवाहीका कारण पुनको निधन भएको विरामी पुनका आफ्तले बताएका छन् ।  पुनका आफन्तजनले अस्पतालमा आक्रोश पोख्दा अस्पतालमा केही समय तनाव समेत उत्पन्न भएको थियो । परिवारले आफुहरुले मृत्युको कारण बुझ्न खोज्दा उल्टै अस्पतालका कर्मचारी तथा चिकित्सकहरुले आफुहरुलाई अभद्र ब्यवहार गरि अस्पतालको गेट बाहिर निकालेपछी आफुहरु आक्रोशित भएको बताएका छन । उत्पन्न परिस्थितीमा प्रहरी र बिरामीका आफन्तबीच धकेला धकेल समेत भएको बताइएको छ । मृतकका देवर धर्मबहादुर पुनका अनुसार भाउजुले अस्पतालको लापरवाहीका कारण अकालमै ज्यान गुमाउनु परेको बताएका छन । मृत्युको कारणले अस्पतालमा विवाद भएपछि स्थितीलाई नियन्त्रणमा लिन प्रहरी परिचालित भएको जिल्ला प्रहरी कार्यालय रुपन्देहीका प्रवक्ता तथा डीएसपी खड्कबहादुर खत्रीले बताउनुभएको छ ।

Leave A Reply

Your email address will not be published.