Sarawal sit lahar Notis

रामनगर जेसिजले छैठौँ बार्षिकोत्सव मनायो ।

0 20

रामु भुसाल
बर्दघाट,चैत्र १
रामनगर जेसिज बर्ष २०२० ले आफ्नो छैठौँ बार्षिकोत्सवको अवसरमा शनिबार विविध कार्यक्रम सम्पन्न गरेको छ । जेसिजले छैठोँ बार्षिक उत्सवको अवसर पारि हाल विश्व ब्यापी रुपमा महामारीको रुप लिइरहेको कोरोना भाईरस कोभिड नाइन्टिनको संक्रमण, लक्षण र त्यसबाट जोगिने उपायबारे सचेतना कार्यक्रमका साथै जेसिजले २०१८ मा भुमही चोक देखी प्रतापपुर सम्म सडकका दाया बायाँ लगाएका बिरुवाहरुको छाटकाट गोडमेल र सरक्षण गरेको छ । रामनगर जेसिज बर्ष २०२० का अध्यक्ष जेसि भोजराज पौडेलको अध्यक्षता एवं सुनवल वडा नम्बर १२ का वडाध्यक्ष यमलाल पाण्डेको प्रमुख आतिथयतामा सम्पन्न कार्यक्रममा बोल्दै प्रमुख अतिथि पाण्डेले रामनगर जेसिजले समाजमा रचनात्मक कार्यहरु गर्दै राष्ट्रिय स्तरको नेतृत्व समेत लिन सफल भएकोमा धन्यबादज्ञापन गर्दै आगामी दिनमा समेत जसेजले बहुआयामिक कार्यरु गर्दै समाज प्रति उत्तरदायि हुन स मेत आग्रह गर्नुभयो । कार्यक्रममा रामनगर जेसिजका सस्थापक डोलराज भण्डारी लगाएत पुर्व अध्यक्षहरुले शुभकामना मन्तब्य ब्यक्त गर्नुभएको थियो । सो अवसरमा कोरोना भाइरस सम्बन्धी जेसिजबक पदाधिकारी लगाएत सम्पुर्ण सदस्यहरुलाई डाक्टर सम्राट पराजुलीले सहजिकरण गर्नुभएको थियो । जेसिजका कार्यक्रम समयोजक जेसि कमल गैरेको स्वागत मन्तब्य रहेको कार्यक्रमको सञ्चालन रामनगर जेसिजका महासचिव जयराम बस्यालले गर्नुभएको थियो । कार्यक्रममा जेसिजका ५० बढीको उस्थिती रहेको थियो ।

Leave A Reply

Your email address will not be published.