Sarawal sit lahar Notis

लक्ष्मिपुरा अधारभुत बिद्यालय ब्यवस्थापन समिति अध्यक्षमा यादव तथा अभिभावक संघ अध्यक्षमा चाैधरी निर्वाचित

0 47

 उमेश बि.क

नवलपरासी ,फाल्गुन २२

नवलपरासीको प्रतापपुर गाउँपालिका वडा नं. १ सिसहनियामा अवस्थित लक्ष्मिपुरा अधारभुत बिद्यालय ब्यवस्थापन समिति अध्यक्षमा यादव तथा अभिभावक संघ अध्यक्षमा चाैधरी निर्वाचित हुनुभएको छ। बिद्यालय ब्यवस्थापन समिति अध्यक्ष रघुनाथ राजभरकाे कार्यकाल समाप्त पछि बिद्यालय ब्यवस्थापन समितिकाे भएको निर्वाचनमा बिद्यालय ब्यवस्थापन समिति अध्यक्षमा जगदिश प्रसाद यादव सर्वसहमतिबाट निर्वाचित हुनुभएको छ। जसकाे सदस्य रेश्मि राजभर, सुनिता भुषाल,नथुनि थरुनि, शिक्षा प्रेमिबाट गंगा कुमारी चाैधरी,चन्दादाता तथा समाजसेवीबाट गजेन्द्र प्रसाद चाैधरी,शिक्षिका तर्फबाट मिना ढकाल,वडा प्रतिनिधिबाट कल्पना चाैधरी र सचिव बिद्यालयका प्र.अ पशुपति गुप्ता रहनुभएकाे छ। त्यस्तै अभिभावक संघ अध्यक्षमा रन्जु चाैधरी सर्व सहमतिबाट निर्वाचित हुनुभएको छ। सदस्यमा भगवती बि.क ,रामअाश्रय हरिजन,सुर्यादेबि राजभर,सुनिता हरिजन र नरेश राजभर सर्वसहमतिबाट निर्वाचित हुनुभएको छ। नव निर्वाचित बिद्यालय ब्यवस्थापन समितिका अध्यक्ष जगदिश प्रसाद यादवले बिद्यालयकाे बिकासकाे लागि सर्बप्रथम कक्षा १ देखि ५ सम्म अंग्रेजी माध्यममा कक्षा सन्चालन गर्ने तथा शिक्षककाे याेग्यताकाे अधारमा शिक्षक फेरबदल गर्नमा विशेष पहलका साथ अगाडि बढ्ने कुरामा जाेड दिनुभएको थियाे। साथै बिद्यालयकाे स्तर उन्नतिकाे लागि अाफु लागि पर्ने कुरामा जाेड दिनुभएको थियाे।

Leave A Reply

Your email address will not be published.