Bardaghat notish

भुजहवामा सशस्त्र प्रहरी बल पोस्टको स्थापना

125
उमेश बि.क 
सरावल ,१९ फाल्गुन
नवलपरासी जिल्लाको सरावल गाउँपालिका वडा न ७ भुजहजामा आज सशस्त्र  प्रहरी बोर्डर आउट पोस्ट बीओपी स्थापना भएको छ ।  जिल्लाको सिमा नाका हरुबाट भएको तस्करी न्युनिकरण तथा सिमा अतिक्रमण लाई  नियन्त्रण गर्ने उदेश्यका साथ बिओपी स्थापना गरिएको बताईएको छ। सशस्त्र प्रहरी बल प्रदेश नम्बर ५ का डीआईजी नारायणदत्त पौडेलले पोष्टको उद्घाटन गरेका हुन। जिल्लाको भारतीय सिमा नाकामा तीन ओटा पोष्ट स्थापनाका लागि सरकारबाट स्वीकृत भएको छ। उद्घाटन कार्यक्रममा निमित्त प्रमुख जिल्ला अधिकारी श्रीगौतम,सरावल गाउपालिकाका अध्यक्ष राधेश्याम चौधरी ,सशस्त्र प्रहरीबल हेडक्वाटर २६ नं। गण बेलासपुरका नायब उपरीक्षक भरत खनिया ,वडा न ७ का वडा अध्यक्ष हेयात खा धुनिया लगायतले शुभकामना मन्तब्य ब्यक्त गर्नु भएको थियो . अहिले गृह मन्त्रालयले सरावल गाउँपालिकाको भुजहवा, पाल्हीनन्दनको गेर्मी र सुस्ता गाउँपालिकाको रामनगरमा पोस्ट स्थापना गर्न स्वीकृत दिएको छ।