Sarawal sit lahar Notis

नवलपरासीको बर्दघाटमा आजदेखी सडक खाना महोत्सव शुरु ।

0 33

बर्दघाट,फागुन–१
नवलपरासीको बर्दघाटमा आजदेखी सडक खाना महोत्सव शुरु भएको छ । महोत्सवको प्रदेश ५ सरकारका पवक्ता एवं भौतिक पूर्वाधार तथा विकास मन्त्री बैजनाथ चौधरीले उद्घाटन गर्नुभएको हो । उद्घाटन कार्यक्रममा बोल्दै चौधरीले सडक खाना महोत्सव संचालन गरिहदा खानाकाखे तरिका र त्यसले मानव स्वास्थ्यमा पार्ने पभावको बारेमा पनि जानकारी दिन सके अत्यन्त राम्रो हुने बताउनुभएको थियो ।  उहाँले यस प्रकारका मेला महोत्सवले कुनैपनि ठाउ विशेषको पहिचान उकास्नका लागि महत्वपूर्ण भुमिका खेल्ने घारणा ब्यक्त गर्नुभएको थयो ।    पर्यटन बर्ष २०२० चलिरहदा र प्रदेश सरकारले लुम्विनी भ्रमण बर्ष मनाईरहदा प्रदेश नम्बर ५ को पूर्वी प्रवेसद्धार बर्दघाटमा सडक खाना महोत्सव आयोजना हुनुले पर्यटन प्रवर्धनका लालि निकै सहयोग पुग्ने उहाँको भनाई थियो । महोत्सवलाई सब्य र भब्य बनाउनका लागि आयोजक संग संगै रवै लाग्नुपर्ने उहाँले बताउनुभएको थियो ।
कार्यक्रममा बोल्दै बर्दघाट नगरपालिकाका नगर प्रमुख धिरज शर्मा बस्यालले पर्यटन नै समृद्धिको आधार भएको बताउनुभएको थियो । पर्यटन प्रवद्र्धन संग जोडिएको सडक खाना महोत्सव सफल बनाउन सबै स्थानिय तहको उत्तिकै साथ रहेको उहाँले बताउनुभयो । बर्दघाट नगरपालिका भित्र पनि पर्यटकिय हिसावले धेरै सम्भावनाका क्षेत्र रहेकोले त्यसको विकास र प्रवद्र्धनका लागि नगरपालिकाले पहल गरिरहेको उहाँले बताउनुभएको थियो ।
रामग्राम नगरपालिकाका मेयर नरेन्द्र कुमार गुप्ताले पश्चिम नवलपरासीमा पहिलोपटक आयोजना भएको सडक  खाना महोत्सवले जिल्लाको पर्यटकिय क्षेत्रको प्रवद्र्धनमा सहयोग पुग्नेमा आफु विस्वस्त रहेको बताउनुभएको थियो । रामग्राम नगरपालिकाले पर्यटन संग जोडिएको होटल ब्यबसाय रहेकोले नगरपालिका भित्र स्तरिय होटल खोल्नका लागि लगानी गर्न चाहनेहरुका लागि नक्सा निर्माण देखि अन्य क्षेत्रमा समेत नगरपालिकाले सौलियत दिने बताउनुभएको थियो ।
कार्यक्रममा पाल्हिनन्दन गाउपालिका अध्यक्ष दिपक गुप्ता, प्रतापपुर गाउपािलिका अधयक्ष राजकुमार शर्मा, प्रमुख जिल्ला अधिकारी सम्भु प्रसाद मरासिनी  लगायतले मन्तब्य बयक्त गर्नुभएको थियो ।
कार्यक्रमको अध्यक्षता होटल तथा रेष्टुरेन्ट बयबसायी संघका अध्यक्ष नुमराज अधिकारी र मदिरा ब्यबसायी संघका अध्यक्ष मुक्ति प्रसाद श्रेष्ठले संयुक्त रुपमा गर्नुभएको थियो । अध्यक्ष श्रेष्ठले स्वागत मन्तब्य ब्यक्त गर्दै नवपरासी जिल्लाको पर्यटन प्रवद्र्धन र ब्यबसायीक गतिशिलताका लागि सडक खाना महोत्सव आयोजना गरिएको बताउनुभएको थियो ।   कार्यक्रम उद्घाटन हुनु पुर्व विभिन्न संघ संस्था र जात जातिका भेषभुषा सहित बाजागाजा र भजन कृतन सहिलको झाँकीले बर्दघाट बजार परिक्रममा गरेर महोत्सव लाग्ने सडक सुक्रबारे हाटबजार संगैको सडकमा पुगेको थियो । हजारौँको उपस्थिितिमा निस्किएको झाँकीले महोत्सवमा छुट्टै रौनकता थपेको थियो ।
महोत्सव फागुन ३ दगते सम्म चल्नेछ । महोत्चसवमा विभिन्न खाना खाजाका परिकार सहितका स्टलहरु रहेका छन् । जातजातिका खाना खाजाका परिकारका स्टलहरु समेत रहेका छन् । महोत्सवले गर्दा बर्दघाट हाटबजार क्षेत्रको रौनकनै फेरिएको छ । सााझ पर्नासाथ सुनसान हुने सडक अहिले झिलिमिली बनेको छ । विभिन्न स्वादका खाना तथा खाजाको परिकारको स्वाद लिएका दर्शकहरु राष्ट्रिय ख्याती प्राप्त कलाकारहरुको प्रस्तुतीसंगै झुमिरहेका छन् । महोतसव हरेक दिन रातको १० बजे सम्म संचालन हुनेछ ।

Leave A Reply

Your email address will not be published.