Sarawal sit lahar Notis

१ हतियार,५ राउण्ड गोली,१ चक्कु र लागुऔषध सहित २ ब्यक्ति भुताहावाट पक्राउ ।

0 18

कृष्ण ढकाल
बर्दघाट,माघ–१८
बर्दघाट नगरपालिका वडा नं. ९ पञ्चनगर क्षेत्रवाट प्रहरीले हतियार सहित लागुऔषध कारोवारीहरुलाई पक्रऊ गरेको छ । शनिवार विहान करिव ११ बजेको समयमा महेसपुर भुताहा सडक खण्डवाट उनीहरुलाई प्रहरीले पक्राऊ गरी लगेको प्रत्यक्षदर्शी पञ्चनगरका स्थानियवासीले गांऊले दर्पण अनलाईनलाई जानकारी दिएकाछन् । प्रत्यक्षदर्शी स्थानियवासीका अनुसार वासा प्रहरीवाट आएको प्रहरी टोलीले उनीहरुलाई पक्राउगरी लगेको बताईएको छ ।  स्रोतका अनुसार भारतीय मुलका जस्ता देखिने दुई नागरीकवाट एकथान कटुवा हतियार,पांच राउन गोली,एउटा चक्कु सहित लागु औषधका वस्तुहरु सहित उनीहरुलाई वासाप्रहरीले पक्राउ गर्न सफल भएको बुझिएको छ । भुताहा महेशपुर सडक खण्ड अन्र्तगत भुताहा चोकवाट करिव २ सय मिटर तलवाट उनीहरुलाई पक्राऊ गरीएको थियो ।
यस विषयमा वासा प्रहरीलाई सम्पर्क गर्न खोज्दा सम्पर्क हुन नसकेपनि ईलाका प्रहरी कार्यालय बर्दघाटले भने पक्राउ परेको र त्यस विषयमा थप अनुसन्धान वांकीनै रहेकाले पछि पूर्ण विवरण दिने जानकारी दिएको छ ।

No Comments
  1. सन्दिप प्रसाई says

    कारबाही हुनुपर्छ , पैसाको प्रलोभनमा नपरि कानुन अनुसारको सजाय दिनुपर्छ । हार्दिक धन्यवाद प्रहरी ज्युहरुलाइ ।

Leave A Reply

Your email address will not be published.