Sarawal sit lahar Notis

सोमनाथ बाबा माविले मनायो वार्षिक उत्सव ।

0 61
मोहन पौडेल
परासी, १६ माघ 
      सोमनाथ बाबा माध्यमिक विद्यालय सुनवल–१ नवलपरासीको २१ औँ वार्षिक उत्सव तथा अभिभावक भेला आज सम्पन्न भएको छ । विद्यालय प्रांगणमा विविध सांस्कृतिक कार्यक्रमसहित वार्षिक उत्सव मनाईएको हो ।
कार्यक्रममा प्रमुख अतिथिको रुपमा सम्बोधन गर्दै निजी तथा आवासीय विद्यालय अर्गनाईजेशन(प्याव्सन) प्रदेश ५ का अध्यक्ष रामप्रसाद पाण्डेले शिक्षामा लगानी आवश्यक रहेको बताउनुभयो । सरकारले निजी विद्यालयमैत्री ऐन नियम बनाउने विश्वास व्यक्त गर्दै उहाँले शिक्षामा लगानी बढाउन आह्वान गर्नुभयो । निजी विद्यालयमैत्री कानून नआएमा प्याव्सन संघर्षमा उत्रने पनि उहाँले चेतावनी दिनुभयो । अध्यक्ष पाण्डेले विद्यार्थी असल बनाउन शिक्षक र अभिभावक पहिला असल बन्नुपर्नेमा जोड दिनुभयो ।
        विद्यालय व्यवस्थापन समितिका अध्यक्ष थानप्रसाद गैरेले असल नागरिक उत्पादन गर्न विद्यालयले अहम भूमिका खेल्दै आएको बताउँदै आगामी दिनमा सुनवलको शिक्षालाई नेतृत्व गर्दै सोमनाथ बाबा मावि अगाडि बढ्ने बताउनुभयो । उक्त अवसरमा सुनवल–१ का वडाध्यक्ष विनप्रसाद बुढाथोकी, प्याव्सन प्रदेश सदस्य धनराज चापागाई, महाकवि देवकोटा क्याम्पसका अध्यक्ष कृष्णप्रसाद लामिछाने, उद्योग वाणिज्य संघ सुनवलका अध्यक्ष रमेश कर्माचार्य, अभिभावक सामनाथ सापकोटा, विद्यार्थी अनुप न्यौपाने, सागरिका पौडेल, विद्यालय सञ्चालक समितिका सदस्य थीरलाल शर्मा, सोमनाथ क्याम्पसका प्राध्यापक खगराज उपाध्याय लगायतले शुभकामना व्यक्त गर्नुभएको थियो ।
कार्यक्रममा विद्यालयका प्रधानाध्यापक शंकर प्रसाद गौतमले विद्यालयका गतिविधिसहितको प्रतिवेदन प्रस्तुत गर्नुभएको थियो । सो अवसरमा उत्कृष्ट विद्यार्थीहरुलाई पुरस्कार वितरण पनि गरिएको थियो । विद्यालयमा कक्षा नर्सरीदेखि विविएससम्म अध्यापन गराउँदै आएको छ ।

Leave A Reply

Your email address will not be published.