Sarawal sit lahar Notis

सुनवल ६ तिलकनामा जारी फुटवल प्रतियोगिताको आजको खेलमा बुद्ध युवा क्लव बिजय ।

0 82

सुनवल,९ माघ
नवलपरासीको सुनवल ६ तिलकनामा जारी प्रथम स्वं गोम बहादुर थापा स्मृति कप २०७६ खुल्ला नकआउट फुटवल प्रतियोगिताको आजको खेलमा बुद्ध युवा क्लव भलुहि रुपन्देहि बिजय भएको छ । आज बुद्ध युवा क्लव भलुहि र रोयल हिमालयन फुटवल क्लव भुमहि बिच पहिलो चरणमा १/१ गोलको बराबरीमा खेल टुङ्गिएपछि दोस्रो चरणमा ५ः/३को गोल अन्तरले बुद्ध युवा क्लव बिजय भएको छ । यसैगरि आजको खेलमा बुद्ध युवा क्लवका जर्सि नं ८ का खेलाडि निर थापा म्यान अफ द म्याच घोषित भएका छन् । तिलकना युवा क्लव सुनवल ६ को आयोजनामा गत पुष २५ गते देखि तिलकना प्राबिको खेल मैदानमा संचालित भइरहेको हो । आज इलाका प्रहरी कार्यलय सुनवलका प्रहरी प्रमुख बलराम गिरी, स्वं गोम बहादुर थापाका बुवा दिलबहादुर थापा,समाजसेबि डम्वर गुरुगं, लगायत खेलपे्रमीहरुको उपस्थिति रहेको थियो ।२४ टिमको सहभागिता रहेको यस फुटवल प्रतियोगिता माघ १९ गते सम्म संचालन हुने छ । प्रतियोगितामा प्रथम हुने टिमले नगद रु ३५ हजार र दोस्रो हुनेले नगद र २० हजार सहित ट्रफि र प्रमाणपत्र प्राप्त गर्ने आयोजकले जनाएको छ । भोलि दिउसो ३ बजे चारपाला सुनवल ८ र देबिनगर युवा क्लव बिच प्रतिष्पर्धा हुने अध्यक्ष कृष्ण गन्धर्वले जानकारी दिनुभयो ।

Leave A Reply

Your email address will not be published.