Jilla Ban Notis

सुनवल १३ बिचैयापुरमा आधारभुत स्वास्थ्य सेवा केन्द्र्र भवनको शिलन्यास

0 21

नन्दु कवर
सुनवल,माघ ९

पश्चिम नवलपरासीको सुनवल नगरपालिका वडा नम्बर १३ बिचैयापुरमा आज एक कार्यक्रमको आयोजना गरी आधारभुत स्वास्थ्य  सेवा केन्द्र्र भवनको शिलन्यास गरीएको छ । सुनवल नगरपालिका वडा नम्बर १३ का वडाअध्यक्ष कृष्ण प्रसाद देवकोटाले  आधारभुत स्वास्थ्य  सेवा केन्द्र्र भवनको शिलन्यास गर्नु भएको छ ।  भवनको शिलन्यास गर्दै देवकोटाले देशको सात सय ५३ स्थानिय तहमध्ये  २५१ स्थानिय तहमा प्रारम्भिक अस्पताल छिटै निमार्ण हुन गैरहेको जानकारी दिनु भएको छ । जसमा सुनवल नगरपालिका  २५१ ीभत्र परेको जानकारी दिदै उहाले यसको जग्गा पनि छनोट भैसकेको बताउदै अब सरकारी अनुदान प्राप्त हुने बित्तिकै  त्यसको पनि शिलन्यास गरीने उहाले बताउनु भएको छ ।  उहाले सुनवल नगरपालिका मा पहिले तीन वटा मात्र हेल्थ पोष्ट भएको बताउदै अहिले आएर  नगरभित्र थप सातवटा  वडामा आधारभुत स्वास्थ्य केन्द्रको  निमार्ण भैरहेको  र सो मध्ये आज वडा नम्बर १३ मा भवनको शिलन्यास गरीएको जानकारी दिनु भएको छ ।  उहाले कार्यक्रममा बोल्दै अब छिटटै नै  बाकी सात वटा वडामा पनि त्यसको शिलन्यास गर्ने र यसको बजेट पनि बिनियोजन भैसकोको बतानु भएको छ । ३८ लाख ८० हजार लागतमा निमार्ण भैरहेको सो भवन  दुइ कठठा जग्गामा १ तलाको भवन आउदो असोज मसान्त   भित्रमा सम्पन्न गरीने उहाले जानकारी दिनु भएको छ ।

कार्यक्रममा वडा नम्बर १३ का वडाध्यक्ष कृष्ण प्रसाद देवकोटा , वडा समिती सदस्य खेमराज ढुंगाना , पबित्रा परियार , कार्यपालिका सदस्य गौमाया गुरुंग , श्री सेवा सदन  प्राबि स्ुनवल  बिचैयापुर बिद्यालय ब्यवस्थापन समितीका अध्यक्ष मुन्द्रिका प्रसाद चौधरी ,  पण्डित नारायण पाण्डे ,  साना किसान सहकारी संस्थाका अध्यक्ष  तिल प्रसाद भण्डारी लगायतको सहभागिता रहेको थियो ।

Leave A Reply

Your email address will not be published.