मुक्ती तिवारी
बर्दघाट,माघ ३
गत बिहीवार बाट परिरहेको अबिरल झरिका कारण पश्चिम् नवलपरासीको बर्दघाट १४ धर्मबस्तिमा आयोजित तीन दिने दोस्रो माघेसङ्क्रान्ती मगर सास्कृतिक महोत्सवको शुक्रवार भनिएको समापन कार्यक्रम स्थगित भएको महोत्सवका मिडिया संयोजक श्याम थापाले जानकारी दिए। माघ १ देखि ३ गते सम्मकालागि सन्चालन महोत्सव दुई दिन सम्म सन्चालन भई तेस्रो दिनको समापन कार्यक्रम प्रतिकुल मौसम का कारण स्थगित भएको हो।लगातारको झरिले विभिन्न स्थानबाट आउने कलाकारहरु तथा महोत्सव भर्न आउने दर्शन तथा अवलोकनकर्ता हरुका लागि अन्त्यन्तै असहज भएकाले शुक्रबार भनिएको समापन कार्यक्रम यहि माघ १८ गतेका लागि सारिएको महोत्सवका निर्देशक सन्तु गाहाले जानकारी दिनु भयो। माघ १८ गतेका लागि सारिएको समापन कार्यक्रम बिधिबत रुपमै बिबिध सास्कृतिक कार्यक्रम सहित समापन गरिने आयोजक ले जानकारी दिएको छ।
