Sarawal sit lahar Notis

तिलोत्तमा उप–मेयर कप भलिबल प्रतियोगिताको उपाधि कुँवरवर्तीलाई ।

0 70

वि.पि. गौतम
तिलोत्तमा, माघ १

रुपन्देहीको तिलोत्तमामा सञ्चालन भएको प्रथम उप–मेयर रनिङ कप खुला महिला भलिबल प्रतियोगिताको उपाधि तिलोत्तमा–८, प्रदीपनगर स्थित कुँवरवर्ती इंलिस बोर्डिङ स्कुलले प्राप्त गरेको छ । तिलोत्तमा नगरपालिकाको आयोजनामा भएको प्रतियोगितामा बुटवल स्थित एभरेष्ट बोर्डिङ स्कुललाई उपविजेता बनाउँदै कुँवरवर्तीले उपाधि चुमेको हो ।  उपाधिसँगै कुँवरवर्तीले नगद नगद २५ हजार र उपविजेता एभरेष्टले नगद १५ हजार रुपैंयाँ सहित ट्रफी, मेडल र प्रमाणपत्र प्राप्त गरेका छन् । तृतीय हुने तिलोत्तमा–८, चार नंबर स्थित नवज्योती इंलिस बोर्डिङ स्कुलले नगद १० हजार र सावन्तवना हुने मणिमुकुन्द भलिबल क्लवले नगद ५ हजार रुपैंयाँ प्राप्त गरेका छन् ।
दश टिमको सहभागिता रहेको प्रतियोगिता महिला खेलाडीलाई प्रोत्साहन गर्न लिग चरणको आधारमा आयोजना गरिएको हो । मणिमुकुन्द भलिबल क्लव र कुँवरवर्ती इंलिस बोर्डिङ स्कुलको सहकार्यमा आयोजित प्रतियोगिताका विजयी टीमलाई तिलोत्तमा उप–प्रमुख जागेश्वरी चौधरीले पुस्कार प्रदान गर्नुभयो । त्यसअवसरमा उप–प्रमुख चौधरीले खेलकुदको विकासमा तिलोत्तमा नगरपालिकाले विभिन्न कार्यक्रम गर्दै आएको बताउनुभयो ।
प्रतियोगिता संयोजक गोविन्द रेग्मीको अध्यक्षता, मिलन रानाको सञ्चालनमा भएको खेल खेल समापन कार्यक्रममा भलिबल रेफ्री लोकेन्द्र भण्डारीलगायतले बोल्नुभएको थियो ।

Leave A Reply

Your email address will not be published.