Holi asnjal makar GURU

मासु व्यवसायी संघ नेपाल बुटवलको अध्यक्षमा पुनः पौडेल

49

विकास पराजुली
बुटवल, २५ पुस
मासु व्यवसायी संघ नेपाल बुटवलमा नयां नेतृत्व चयन भएको छ । संघको हालै सम्पन्न भएको दशौं साधारणसभा तथा पाचौं अधिवेशनले कृष्णप्रसाद पौडेल अध्यक्ष रहेको नया कार्यसमिति चयन गरेको हो । संघको वरिष्ठ उपाध्यक्षमा मोहन खत्री, उपाध्यक्षमा मसउद आलम, महासचिवमा चुरामणी घिमिरे निर्वाचित हुनुभएको छ । यस्तै कोषाध्यक्षमा नारायण घर्ती, सचिवमा विजय शाही र सह–कोषाध्यक्षमा मिनप्रसाद गैरे निर्वाचित हुनुभएको संघको निर्वाचन समितिले जनाएको छ ।  संघमा अध्यक्ष पौडेल सहित पदाधिकारी र सदस्यहरु सर्वसम्म भएको प्रमुख निर्वाचन अधिकृत अधिवक्ता यमलाल खनालले जानकारी दिनुभयो । संघको वर्तमान कार्यसमितिमा पनि अध्यक्षमा निर्विरोध हुने अध्यक्ष पौडेलले मासु व्यवसायी संघमा विगत तीन कार्यकाल नेतृत्व गर्दै आउनुभएको हो । उहा तीनै कार्यकाल नै सर्वसम्मत हुनुभएको छ । संघका निर्वाचित सदस्यहरुमा सुनिता थापा क्षेत्री, रीता चौधरी, ऋषिराम राईभाट, शिवदेव कुवँर, अहमद हुसेन, बाबुराम क्षेत्री, तैयव हुसेन तथा थानेश्वर सुवेदी र बुद्ध शाही रहनुभएको छ । नवनिर्वाचित अध्यक्षले संघको विधान बमोजिम सदस्यमा दुई जनालाई मनोनित गर्नुभएको छ । जस्मा प्रेम राना र गोपाल क्षेत्री रहनुभएको छ । यो सहित मासु व्यवसायी संघ रुपन्देहीमा पदाधिकारी सहित १८ सदस्यीय कार्यसमिति चयन भएको छ । नवनिर्वाचित समितिको एक कार्यक्रमका बीच शुक्रबार पद तथा गोपनियताको सपथग्रहण भएको छ । प्रमुख निर्वाचन अधिकृत अधिबक्ता यमलाल खनालले नवनिर्वाचितहरुलाई सपथग्रहण गराउनुभएको थियो । सपथ ग्रहण पछि आफ्नो प्रतिबद्धता व्यक्त गर्दै अध्यक्ष पौडेलले आफ्नो कार्यलमा व्यवसायीलाई संगठित गराउने, नगरपालिका भित्र शाखा विस्तार गर्दै संघलाई प्रदेश स्तरको बनाउने, पशु हाटबजारका लागि पहल गर्ने र बधशाला सञ्चालनका लागि अभियान सञ्चालन गर्ने बताउनुभयो ।