Sarawal sit lahar Notis

सुनवल बजारमा यामाहा मोटरसाइकलको आधिकारिक विक्रेता भू.पु.सैनिक अटो मोवाईल्सको समुद्घाटन ।

0 43

कृष्ण ढकाल
बर्दघाट,पौष–२२
नवलपरासीको सुनवल बजारमा यामाहा मोटरसाइकलको आधिकारिक विक्रेता भू.पु.सैनिक अटो मोवाईल्सको बुधवार औपचारीक समुद्घाटन गरीएको छ । सुनवल नगरपालिकाको कार्यालयसंगै जोडीएर रहेको उक्त भू.पु.सैनिक अटो मोवाईल्सको नगर प्रमुख भिम बहादुर थापा भरतले समुद्घाटन गर्नु भएको थियो । ता भू.पु.सैनिक अटो मोवाईल्सका संचालक उपेन्द्र भण्डारीको अध्यक्षता र नगरप्रमुख थापाको अध्यक्षतामा भएको उक्त समुद्घाटन कार्यक्रममा स्थानिय साजसेवी ब्यापारी,पत्रकार तथा संचालकहरुको उपस्थिती रहेको थियो । सो अवसरमा बोल्दै नगरप्रमुख थापाले युवाहरुले संगठीत भएर संचालन गरेका यसप्रकारका ब्यवसायहरुले स्वारोजगार सृजनागर्नमा थप टेवा पुग्ने धारणा राख्नु भएको थियो । पहिलेवाट नै आफ्नो सेवा शुभारम्भ गरेको भू.पु.सैनिक अटो मोवाईल्सले नवलपरासीको सुनवल बजारमा यामाहा मोटरसाइकलको आधिकारिक विक्रेताको स्विकृति लिएसंगै औपचारीक समुद्घाटन गरेको हो ।
उपेन्द्र बहादुर भण्डारी,तुलसीराम न्यौपाने,राज कुमार क्षेत्री र बुद्धि गुरुङ्गको संयुक्त लगानीमा उक्त यामाहा मोटरसाइकलको आधिकारिक विक्रेता भू.पु.सैनिक अटो मोवाईल्स संचालनमा ल्याईएको हो ।
यामाहाका विभिन्न मोडलका वाईक तथा स्कुटिहरु आफुहरुसंग विक्रिका लागि रहेको बताउदै क्रेताहरुको मागका आधार यामाहाको सवै भन्दा बढी मुल्य पर्ने मोटरसाइकल ३२१ सीसीको आर थ्री ,२५० सीसीको फेजर र ११३ सीसीको रे जेड स्कुट लगाएका आधुनिक सुविद्या युक्त वाईकहरु अग्रमि बुकगरेमा छुट्को ब्यवस्था समेत रहेको संचालक तुलसीराम न्यौपानेले बताउनु भएको छ ।

Leave A Reply

Your email address will not be published.