Sarawal sit lahar Notis

सरावलको पिपरवा र मौहा गाऊँका वासीन्दाहरुलाई आगामी ३ वर्ष भित्र शुद्ध खानेपानी ।

0 82

कृष्ण ढकाल
सरावल,पौष–२२
नवलपरासीको सरावल गाऊँपालिका वडा नं. ३ को पिपरवा र मौहा गाऊँका वासीन्दाहरु कुवा ,चापाकल र कहिकतै वोरीङ्गको पानीको प्रयोग गर्ने गरेपनि अझै सम्म उनीहरुले पूर्ण रुपमा आफुले चाहेजती शुद्ध खानेपानी पाउन सकेका छैनन् । पिपरा र मौहाका वासीन्दाहरुलाई आगामी ३ वर्ष भित्र शुद्ध खानेपानी प्राप्त रुपमा प्रदान गर्ने योजना अनुसार अहिले पिपरा मौहा खानेपानी तथा सरसफाई उपभोक्ता संस्था लागीपरेको संस्थाका सचिव वेचन चौधरीले बताउनु भएको छ । प्रदेश सरकारको सहयोगमा संचालन भएको उक्त खानेपानी आयोजना २०७८ सालमा पुरा हुने गरी शुरु गरीएको छ । साढे पाँच करोडको लागत स्टीमेट रहेको उक्त आयोजना दुईवटा वोरीङ्ग र एउटा प्रशासनीक भवन रहने स्थायिन वासीन्दा तथा ईन्जीनियर कुलदिप श्रेष्ठले बताउनु भएको छ । उहांका अनुसार सय घनमिटर को ओभरहेड टंकी रहने छ भने संस्थाको जमीन ३ कठ्ठा रहेको छ ।

Leave A Reply

Your email address will not be published.