Sarawal sit lahar Notis

न्यु लाइफद्धारा पारीजातवनमा वृक्षारोपण ।

0 27

प्रकाश न्यौपाने
बर्दघाट,पौष–२०
न्यू लाइफ माध्यमिक विद्यालय तथा कलेजद्धारा आफ्नो रजत जयन्तीको अवसरमा आज एक कार्यक्रमका विच पारिजात सामुदायिकवनले स्थापनागर्न लागेको हरियाली सामुदाियक पार्कमा वृक्षारोपण कार्यक्रम सम्पन्न गरेको छ ।
वृक्षारोपण कार्यक्रमक ाप्रमुख अतिथि जिसन नवलपरासीका अध्यक्ष धनराज चापागाईले बालबालिकाहरुलाई सानै उमेरदेखि प्रकृतिसँग रमाउन सक्ने खालका कार्यक्रमहरु गर्नु अत्यन्त सराहनीय भएको बताउनु भयो । गुणस्तरीय शिक्षामा प्रकृति प्रेमीशिक्षा तथा वातावरणिय परिवेशको ठूलो महत्व रहेको चापागाईले बताउनुभयो । क्याम्पस प्रमुख मोहन शरण पाण्डेयको स्वागत मन्तव्य रहेको कार्यक्रममा विद्यालयका सस्थापक सदस्य थम अधिकारीको अध्यक्षता रहेको थियो भने कार्यक्रमको सञ्चालन वृक्षारोपण कार्यक्रमका संयोजक शिव प्रसाद शर्माले गर्नुभएको थियो ।
पारिजात वनमा करिव चार सय अशोकाका विरुवाहरु लगेर वृक्षारोपण गरिएको थियो । कार्यक्रममा न्यू लाइफ माध्यमिक विद्यालय तथा कलेजका व्यवस्थापन समितिका अध्यक्ष लालबहादुर अधिकारी, पारिजात सामूदायिक वनका अध्यक्ष चुणामणी भण्डारी तथा विद्यालयका शिक्षक÷शिक्षिका एवम् विद्यार्थीहरु गरि करिव एक सय पचास जनाको उपस्थिति रहेको थियो ।

Leave A Reply

Your email address will not be published.