Sarawal sit lahar Notis

बर्दघाट नगरपालिका वडा नम्बर ८ र ९ लाई पुर्ण सस्थाँगत सुत्केरी वडा घोषणा गरियो ।

0 44

कृष्ण ढकाल
बर्दघाट,पौष–१७
बर्दघाट नगरपालिका वडा नम्बर ८ र ९ लाई पुर्ण सस्थाँगत सुत्केरी वडा घोषणा गरिएको छ । विहिबार एक कार्यक्रमको आयोजनागरी उक्त घोषणा कार्यक्रम सम्पन्न् गरीएको थियो । बर्दघाट वडा नम्बर ९ का वडाध्यक्ष चन्द्रकान्त चापागाईको अध्यक्षता तथा बर्दघाट नगरपालिकाका प्रमुख धिरज शर्मा बस्यालको प्रमुख आतिथ्यतामा उक्त घोषणा कार्यक्रम सम्पन्न् भएको थियो । वडा नम्बर ८ का वडाध्यक्ष कविराज आचार्यको स्वागत मन्तब्यबात शुरु भएको कार्यक्रमको सञ्चालन बर्दघाट नगरपालिका स्वास्थ्य शाखा प्रमुख माधव ज्ञवालीले गर्नुभएको थियो । वडा नम्बर ८ र ९ लाई पुर्ण सस्थाँगत सुत्केरी वडा घोषणा कार्यक्रममा पञ्चनगर स्वास्थ्य चौकीका ईन्चार्ज बाबुराम तिमिल्सिनाले पुर्ण सस्थाँगत सुत्केरी वडाको घोषणा प्रतिबेदन प्रस्तुत प्रस्तुत गर्नु भएको थियो । जस्मा आर्थिक वर्ष २०७५÷०७६मा वडा नं. ८ र ९ का सबै सुत्केरी हुने महिलाहरु शत प्रतिशत स्वास्थ्य सस्थामै सुत्केरी भएको हुदा वडा नम्बर ८ र ९ लाई पुर्ण सस्थाँगत सुत्केरी वडा घोषणा गरिएको प्रतिबेदन मार्फत जानकारी गराउनुभएको थियो ।
पुर्ण सस्थाँगत सुत्केरी वडा घोषणा कार्यक्रमलाई सम्वोधन गर्दै नगर प्रमुख बस्यालले सस्थाँगत सुत्केरी वडा घोष्णा अभियानलाई पुर्णता दिन बर्दघाट नगरपालिका भित्र सुत्केरी हुने महिलाहरूका लागि नगरबाट निःशुल्क रुपमा एम्बुलेन्स सेवा र पहिलो दुई सन्तान जन्माउदा ५ हजार उपलब्ध गराउने बताउनु भयो । बस्यालले सस्थागत सुत्केरी वडा घोषणा गरेर मात्र नहुने भएकाले यसलाई कायम राख्न सबैको चुनौतिको बिषय रहेको बताउनु भयो । त्यसका लागि सबैको सहयोग आवश्यक रहेकोमा जोड दिनु भएको थियो ।
कार्यक्रममा बर्दघाट नगर उपप्रमुख माया पौडेल, बर्दघाट नगरपालिकाका प्रमुख प्रशासकिय अधिकृत मेघराज पाध्याय, वडा नमबर ४ का वडाध्यक्ष एवं नगर प्रवक्ता रविन्द्र विक्रम हमाल, नेकपा नगर कमिटि अध्यक्ष ईन्द्र कुमार राना, नेपाली कांग्रेसका नगर सभापति शम्भुलाल श्रेष्ठ लगाएतले शुभकामना मन्तब्य राख्नुभएको थियो ।
कार्यक्रममा गायक जिवन शर्मा, भरत क्षेत्री र हास्यकलाकार पुरुषोत्तम भन्डारी (पुर्खे बा) लगायतले आफ्नो प्रस्तुती प्रस्तुत गरेका थिए ।

Leave A Reply

Your email address will not be published.