Bardaghat notish

मोबाईल एप्लिकेसन मार्फत तथ्यांक संकलन तथा सम्पादन सम्बन्धि ४ दिने प्रशिक्षक प्रशिक्षण तालिम सम्पन्न ।

133

उमेश बि.क

रुपन्देही ,१० पुस

स्थानीय खानेपानी, सरसफाई तथा स्वच्छता योजना निर्माणका लागि मोबाईल एप्लिकेसन मार्फत तथ्यांक संकलन तथा सम्पादन सम्बन्धि ४ दिने प्रशिक्षक प्रशिक्षण तालिमको चौंथो संस्करण भैरहवामा सम्पन्न भएको छ । भौतिक पुर्वाधार विकास मन्त्रालय प्रदेश ५ र युनिसेफको संयुक्त आयोजनामा यहि पौष ४ देखि ७ गतेसम्म भएको तालिमको समापन कार्यक्रममा बोल्दै मन्त्रालयका खानेपानि महाशाखा प्रमुख ध्रुव धितालले प्रविधिको प्रयोग मार्फत तथ्यांक संकलन गरि स्थानिय तहको खानेपानि, सरसफाई तथा स्वच्छताको वास्तविक अवस्था पत्ता लगाउन तथा वास योजना निर्माण गर्न तालिम आयोजना गरिएको बताउदै तालिममा सिकेका कुरा व्यवहारमा लागु गर्न सहभागीलाई अनुरोध गर्नु भयो । कार्यक्रममा वास योजना संयोजक शान्ति बि।क, कञ्चन गाउँपालिकाका सुचना प्रविधि अधिकृत नारायण शर्मा, बुटवल उपमहानगरपालिका शाखा अधिकृत टोपराज शर्मा र सिद्वार्थनगर नगरपालिकाका शाखा अधिकृत यादव प्रसाद सापकोटाले बोल्नु भयो । प्रदेश ५ का विभिन्न पालिकाका सुचना प्रविधि अधिकृत, वास फोकल पर्सन, वास योजना संयोजक, ईन्जिनियर, शाखा अधिकृत लगायत गरि ४६ जनाको सहभागिता रहेको तालिममा बलराम मायालु, प्रशन्ना ताल्चा, प्रशन्न पाण्डे, बासु देव पाण्डे, विपिन पौडेल र थारेन्द्र पौडेलले सहजिकरण गर्नु भएको थियो ।